शसस्त्र प्रहरीद्धारा एक बोलेरो गाडीसहित अवैध चल्ला बरामद

0
250

♦जितेन्द्र गुप्ता—

परासी, १२ असार । शसस्त्र प्रहरी बल बिओपी हरपुर पश्चिम नवलपरासीले करिब साढे तिन लाख बराबरको अवैध कुखुरा चल्ला बरामद गरेको छ । गएराती विशेष सुराकीको आधारमा शसस्त्र प्रहरीले सरावल गाउँपालिका ६ रामपुरखडौनाबाट ४२ कार्टुन अवैध चल्ला सहित एक भारतीय नम्बर प्लेटको बोलेरो गाडी पनि बरामद गरेको हो ।

शसस्त्र प्रहरी बल नेपाल २६ नं. गण हेडक्वाटर नवलपरासीका गणपति एवं शसस्त्र प्रहरी उपरिक्षक गहार्धन राईको निर्देशनमा बिपोपी हरपुरका ईन्चार्ज एवं शसस्त्र प्रहरी निरिक्षक राजकुमार अधिकारीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले युपी ५६ सी ५७६० नम्बरको बोलेरोमा लुकाई राखिएको ४२ कार्टुन तथा ४ हजार ८३० गोटा कोईलर कुराका चल्लाहरु बरामद गरिको गणपति राईले जानकारी दिए ।

नेपाली बजारका अनुसार बरामद चल्ला ३ लाख ३८ हजार १ सय रुपैया बराबरको रहेको र गाडीको मुल्य ५ लाख रुपैया अनुमान गरिएको छ । बरामद चल्ला क्वारेन्टाईन चेकपोष्ट महेसपुरको रोहबारमा नष्ट गरिएको छ भने बरामद गाडी आवश्यक कार्वाहीका लागि महेसपुर भन्सार कार्यालय पठाइएको शसस्त्र प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here