सुस्ता गाउँपालिकाको बजेट ५६ करोड ८७ लाख ९४ हजार

0
255

♦श्याम थापा—

सुस्ता ११ असार । सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि नीति, कार्यक्रम तथा वजेट घोषणा गरेको छ । सुस्ता गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष इन्द्र कुमारी थरुनीले आगामी आर्थिक वर्ष २०७६/०७७ बजेट प्रस्तुत गर्नु भएको थियो ।

सुस्ता गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा गाउँपालिका अध्यक्षले चालु आर्थिक वर्षका उपलब्धिलाई समेत समेट्दै गाउँपालिकालाई सामाजिक,सास्कृृृृतिक रूपमा समृद्ध भौतिक पुुुर्वाधारयुुुत्त आर्थिक रुपले सबल र सक्षम,बिकासका दृस्टीले दीगो सफा सुन्दर हरित सुरक्षित प्रबिधिमैत्री र सक्षम नमुना सुस्ता गाउँपालीकाका रूपमा बिकास गरनेे गाउँपालिकालाई भष्टचार मुक्त बनाउने उद्ददेश्य लिएको अध्यक्ष पाण्डेले बताउनु भएको छ ।

पाँचौ गााउँ सभामा नगर उपाध्यक्ष इन्द्र कुमारी थरुनीले ५६ करोड ८७ लाख ९४ हजारको बजेट प्रस्तुत गरेका छन् । विनियोजित बजेट मध्य चालुतर्फ सशर्त बाहेक रु ५ करोड , पुँजिगत तर्फ ३४ करोड ४७ लाख ९४ हजार र शसर्त तर्फ १० करोड ६५ लाख र सामाजिक सुरक्षा तर्फ ६ करोड ७५ लाख रहेको छ ।

बजेटले आर्थिक विकास, पूर्वाधार विकास,कृषी,शिक्षा,स्ववास्थ,खेलकुद,शीत भण्डार,बहुुुउद्देश्यी सभा हल,वार्ड कार्यलय भवन निर्माण, अध्यक्ष नमुना सडक जस्ता योजनालाई प्राथमिकता दिएको छ । साथै पर्यटन र स्थानीय संचार गृृहहरुको प्रबधनमा बजेट प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here