रामग्राम नगरपालिकाका बजेट ६९ करोड ६ लाख

0
297


परासी, ११ असार । पश्चिम नवपरासीको रामग्राम नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ का लागि ६९ करोड ६ लाख २८ हजार ४ सयको बजेट ल्याएको छ । नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको नगरपालिकाको पाँचांै नगरसभामा उक्त बजेट प्रस्तुत भएको हो ।
नगरपालिकाको कुल बजेट मध्ये चालु तर्फ ३२ करोड, ३९ लाख ७९ हजार ४ सय र पुँजीगत खर्च तर्फ ३६ करोड, ६६ लाख ४९ हजार रुपैया बिनियोजन गरिएकोे नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले पत्रकार भेटघाट मार्फत जानकारी दिए । नगर प्रमुख गुप्ताका अनुसार नगरपालिकाले आन्तरिक श्रोतबाट ७ करोड रुपैया आम्दानी हुने अनुमान गरेको छ ।

नगरपालिकाले सडक पुर्वाधारमा मात्र २० करोड रुपैया बिनियोजन गरेको छ । सभामा नगर उप–प्रमुख रम्भा कुँवरले प्रस्तुत गरेको निति तथा कार्यक्रममा नगरलाई आगामी आ.व.०७६/०७७ मा बालमैत्री नगर घोष्णा गर्न, वास्तीक सुकुम्बासीलाई घर बनाईदिन, फोहोर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईड निर्माण गर्न र गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेयर छात्रवृति वितरण गर्न निति लिइएको प्रमुख गुप्ताले बताए ।

रामग्राम स्तुपलाई व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले नगरको मुख्य–मुख्य चोकमा बुद्धको मुर्ति राखिने पनि नगरपालिकाको निति रहेको छ । नगर भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्न र आगामी आ.व. ०७६/०७७ बाट १८ वटै वडाबाट सेवा प्रवाह गर्न नगरपालिकाले निति लिएको प्रमुख गुप्ताले जानकारी दिए ।

नगरमा बन्ने घण्टा घर, अटो भिलेज, बसपार्क, सपिङ्ग मल नगरको गौरवको आयोजना रहको बताइएको छ । नगरपालिकाले भौतिक पुर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र युवा तथा महिलाहरुलाई उद्यमशिल एवं स्वरोजगार कार्यलाई प्राथमिकतामा राखी उचित बजेट समेत बिनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here