परासी, ९ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिका भित्र अतिक्रमण भएका सार्वजनकि जग्गाहरुलाई खाली गराई आफनो कब्जामा ल्याउन योजना बनाएको छ । साविक गाविस हुदा बखत नै अतिक्रमणमा पर्दै आएका सार्वजनिक जग्गाहरुलाई खाली गराउने र सो जग्गाको संरक्षण गर्दै व्यवस्थापन तर्फ गर्न गाउँपालिका एक ठोस योजना बनाई अगाडी बढिरहेको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिए ।
अध्यक्ष गुप्ताले भने, ‘‘जनप्रतिनिधि आउनु भन्दा पहिला देखि नै अतिक्रमण हुदै आएको सार्वजनिक जग्गालाई हामी गाउँपालिकामा आएपछि कडाईका साथ रोक्ने कार्य ग¥यांै, र गाउँपालिका भित्र रहेको सार्वजनिक जग्गाको तथ्याङ्क संकलन गरि अतिक्रमण भएको यकिन ग¥यांै र अब उक्त अतिक्रमणित जग्गालाई खाली गराई संरक्षण तथा व्यवस्थापन तर्फ वृहद योजना बनाएर अगाडी बढने अध्यक्ष गुप्ताले जानकारी दिए ।
हाल पाल्हीनन्दन गाउँपालिका साविकको रम्पुरवाँ, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनई गरि ६ वटा वडा मिली बनेको छ । यहि असार ५ गते भएको गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक जग्गा अतिक्रमण बढयो विषयमा उठेको प्रश्नको जवाफ दिदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले, गाउँपालिका क्षेत्रभित्र कुल २३९ विगाहा १४ कट्टा र ९ धुर सार्वजनिक जग्गा रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, ति सार्वजनिक जग्गा मध्ये कतै व्यक्तिले जोतभोग त कतै समुदायले मठमन्दिर, गुम्बा र कबरिस्तानको रुपमा ६७ विगाहा १९ कट्टा १४ धुर जग्गा पुर्ण रुपले अतिक्रमण गरिसकेको जानकारी दिए ।
उनले भने, राजनितिको आँडमा जिल्लाकै एतिहासिक नन्दन तालको ८२ विगाहा क्षेत्रफल पनि पुर्ण रुपले अतिक्रमण भैसकेको छ ।
गाउँपालिका आउनु भन्दा पहिला नै साविक गाविस हुँदा स्थानिय जनताले आफनो मनोमानी ढंगबाट संरक्षण विहिन रहेको सार्वजनिक जग्गालाई अतिक्रमण गर्दै घर टहरा, खेत, मठमन्दिर, कबरिस्तान, खेलमैदान अस्थायि संरचना बनाई अधिकांश जग्गा अतिक्रमण गरिसकेका थिए तर गाउँपालिका आएसंगै जनप्रतिनिधि आएपछि सार्वजनिक जग्गाको अतिक्रमणमा कडा रोक लगाउदै र्साजनिक जग्गाको संरक्षण सहित उचित व्यवस्थामा गाउँपालिका सक्रिय भएको बताए ।