परासी, ९ असार । समुदाय सशक्तिकरण तथा जिवीकोपार्जन विकास कार्यक्रमको सरावल गाउँपालिकाले अनुगमन गरेको छ । असल छिमेकी नेपालले सरावल गाउँपालिकाको वडा नं. ६ मा विगत एक बर्षदेखि गर्दै आएको समुदाय सशक्तिकरण तथा जिविकोपार्जन विकास एवं स्वास्थ्य सचेतना कार्यक्रमको आईतबार अनुगमन गरेको हो ।
अनुगमनमा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी, जिल्ला समन्वय समितिका उप– अब्दुलरहमान चुरिहार, सरावल गा.पा वडा नंं ६ का अध्यक्ष कैलाश यादव, गैर सरकारी संस्था महासंघका उपाध्यक्ष राधा ढकाल, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य हुसैन अंसारी, असल छिमेकी नेपालका नवलपरासी सुपरभाईजर पुरन सोतीमगर लगायतको टोलीले कार्यक्रमको अनुगमन गरेको हो । अनुगमनमा गाउँपालिका अध्यक्ष चौधरीले संस्थाले गरेको राम्रो कार्यको प्रशां गर्दै कार्यक्रमको प्रभावकारिताका लागि थप सुझाव दिएका थिए ।
असल छिमेकी नेपालले विगत एक बर्षदेखि गाउँपालिकाको वडा ६ का महिला तथा बालबालिका, युवायुवती र गरिब तथा विपन्न बर्गका लागि गुणस्तर शिक्षा, स्वास्थ्य सम्बन्धित सचेतना, शान्तीपुर्ण र समावेशी समाज प्रवद्र्धन, युवाहरुलाई शिपमुलक तथा महिलाहरुलाई आयमुलक तालिम कार्यक्रमहरु गर्दै आएको जिल्लाका सुपरभाईजर पुरन सोतीमगरले जानकारी दिए । उनले भने, यो कार्यक्रम पुर्वी नवलपरासीको कावासोती नगरपालिका र सरावल गाउँपालिकामा संचालनमा छ ।
सरावल गाउँपालिका वडा ६ क्षेत्रमा ३ बर्षको लागि स्विकृत भएको कार्यक्रममा आ.व. २०७५/०७६को मसान्त सम्मको पहिलो बर्षमा कुल २ हजार ४ सय ५८ जना लाभाविन्त भएको संस्थाको ठहर छ । त्यस्तै आगामी आर्थिक बर्ष २०७६/७७ दोश्रो बर्षमा १ हजार ५ सय २५ र आ.व. ०७७/०७८ तेश्रो बर्षमा १ हजार ५ सय १० जना लाभाविन्त हुने संस्थाको लक्ष्य रहेको सोती मगरले बताए ।
संस्थाले विपदमा परेका गरिब तथा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न तथा कपडा लत्ता समेत वितरण गर्दै आएको छ । संस्थाले महिलाहरुलाई प्रौढ शिक्षा, महिला तथा बालबालिका र अपाङ्गहरुलाई स्वास्थय सेचतना र आयमुलक तथा शिपमुलक कार्यक्रम गरि युवा तथा महिलाहरुलाई आत्मनिर्भर बनाई रहेको सुपरभाईजर सोतीमगरले जानकारी दिए ।