स्थानीयद्धारा वडा अध्यक्ष रुद्रप्रकाश उपाध्यायलाई कारबाहीको माग

0
285

परासी, ८ असार । विकास निर्माणका नाउँमा सास्ती पु¥याएको भन्दै स्थानीयवासीले पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं. १ का वडाअध्यक्षलाई कारबाही गर्न माग गरेका छन् । उक्त वडामा भएको कामलाई समेत अनुगमन गर्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।

वडाअध्यक्ष रुद्रप्रकाश उपाध्यायले सडक मर्मतको काममा लापरबाही गर्दा दुर्घटना भइ स्थानीय घाईते भएको भन्दै स्थानीयले कारबाहीको माग गरेका हुन् । वडा कार्यालयले अहिले विभिन्न टोलहरुको सडक मर्मतका लागि रकम छुट्टाएर काम अघि बढाएको छ । तर अधिकांश टोलमा स्टिमेटअनुसार काम नभएको स्थानीयको गुनासो छ ।

ग्राभेल खसाल्ने ठाउँमा माटो खसालेर हप्तौ दिनसम्म मर्मत नगर्दा उक्त सडकमा हिड्डुल गर्न समेत नसकिएको र सवारी साधन आवतजावत गर्दा दुर्घटना भई केही व्यक्ति घाईते समेत भएको वडा नं. १ गंगापथका स्थानीय हरिप्रसाद शर्माले बताउनुभयो । यसअघि उक्त टोलमा भएको ५ लाख बराबरको नाली निर्माणमा समेत स्टिमेटअनुसारको माटो पुर्ने काम नभएको टोलवासीहरुले गुनासो गरेका छन् ।

स्टिमेटअनुसार काम नभएको गुनासो पुगेपनि नगरपालिकाले उक्त नाली निर्माणको रकम फछ्यौठ गरिसकेको छ । अध्यक्ष उपाध्यायले अधिकांश टोलमा हप्तौ दिनसम्म माटो खसाले सडक नै अवरुद्ध हुने गरी कामगर्दै आएको भन्दै स्थानीय आक्रोशित छन् । जसका कारण एम्बुलेन्ससहितको अतिआवश्यक सवारीसाधनसमेत जान सकेका छैनन् ।

वडाअध्यक्ष उपाध्यायले मिस्कट समयमा पाउन नसक्दा समस्या भएको बताउनु भएको छ । बजार क्षेत्रमा अहिले मिस्कट उपलव्ध हुन कुनै समस्या छैन तर प्रतिस्पर्धा नगरी एक जना व्यक्तिलाई मात्र जिम्मेवारी दिएकाले अध्यक्षको काममा समेत आशंकका उत्पन्न भएको स्थानीयवासी शर्माले बताउनुभयो । स्टिमेटअनुसार काम भए नभएको बारे अनुगमन गरिने रामग्राम नगरपालिकाकी अनुगमन समिति संयोजक एंव उपप्रमुख रम्भा कुँवरले बताउनुभयो । उहाँले स्टिमेटअनुसार काम नगर्ने वडाको रकम रोक्का राखिने समेत कुँवरले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here