बर्दघाट, ८ असार । बर्दघाट नगरपालिका वडा नम्बर ७ को आयोजनामा शनिबार युवा तथा बाल क्लब खेलकुद तथा जनचेतनामुलक कार्यक्रम अन्र्तगत वडा नम्बर ७ को त्रिनेत्र अध्यात्मिक चिन्तन केन्द्र जिमरेभारको सभाहलमा लागु पदार्थ सेवन विरुद्ध एक दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब थारुको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख बुद्धि सागर पुरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा हर प्रहर गाउ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ईलाका प्रहरी काार्यलय बर्दघाटको सहकार्यमा शान्तिपुर्ण एवं सुरक्षित समाजको लागी प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्र्तगत बाल बालिकाहरुमा हुने लागु औषध दुब्र्यसनी र यसको कानुनी प्रकृयामा बारेमा सहजिकरण गरिएको थियो ।
सोही अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख बस्यालले लागु औषध दुब्र्यसनीमा साथि संगतीहरुको संगतबाट फस्ने सम्भावना भएको हुदा आफ्ना बालबलिकाहरुलायए विद्यालयका शिक्षक तथा परिवारजनले विशेष ख्याल राख्नुपर्ने बताउदै यस्ता गतिविधिलाई निरुत्साहित गर्न समाजका सचेत वर्ग र अभियन्ताहरु सबै मिले मात्र यसको न्युनिकरण गर्न सकिने बताउनुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख पुरीले लागु औषध दुब्र्यवसनीबाट बच्न साथिहरुको संगतलाई विशेष ख्याल गर्दै खरब कुरालाई नकारदै सकारात्मक कुराहरु मात्र साथिहरु संग लिनुपर्ने बताउदै विशेष गरि घरमा बाबु आमाले यसको ख्याल गर्दै आफ्ना नानी बाबुहरुको अनावश्यक मागहरु पुरा नगर्न र नगराउन आग्रह गर्नुभएको थियो ।
सो अवसरमा वडा नम्बर ७ का बालबालिका, अभिभावक, विद्यालय लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधि, सञ्चारकर्मी लागएतको उपस्थिती रहेको थियो । बाल क्लबका अध्यक्ष केशव चापागाईकोे स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन बर्दघाट वडा न्म्बर ७ का वडा सचिव होमनाथ भण्डारीले गर्नुभएको थियो ।