लागु औषध सहित दुई जना पक्राउ

0
299


परासी, ५ असार । पश्चिम नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । पाल्हीनन्दन गाउँपालिका वडा ५ गेरमी नाकामा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागु औषधको ठुलो परिमाण सहित दुई जना युवालाई पक्राउ गरि लागु औषध ओसारपसारमा मुद्दा दर्ता गरि अनुसन्धा थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका ३ बस्ने २५ बर्षिय लक्षु लोहार, रामग्राम नपा ८ बस्ने ३८ बर्षिय राकेश कुमार भन्ने बुद्धदेव दत्त रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुका साथबाट डाईजेपाम, फेनरागन र बुपरेनोरेफिन २÷२ एमएलको १००÷१०० एम्पुल गरि कुल ३०० एम्पुल लागु औषध बरामद भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here