परासी ५ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा रेडियो परासीको सहजीकरणमा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा सो सुनुवाई सम्पन्न भएको हो ।
सुनुवाई कार्यक्रममा स्थानियबासीहरुले जनताको शुद्ध खानेपानीमा पहुँच, कृषिमा आधुनिकरण, शैक्षिक गुणस्तरको विकास र महिला तथा युवाहरुलाई स्वरोजगार एवं उद्यमी बनाउन तर्फ गाउँपालिकाको ध्यान केन्द्रित गरेका थिए ।
कार्यक्रममा सहभागि स्थानिबासी दिलीप नारायण चौधरीले सडक पूर्वाधारलाई दीर्घकालीन टिकाउ बनाउन माग गरेका हुन् । गाउँघरमा बाटो आउँदा भैरहने स्थानियद्धरा अवरोधलाई सामाधान गर्दै असारे विकासलाई गुणस्तरमा परिणत गर्न समयमै योजना सम्झौता गरि सम्पन्न गर्न गाउँपालिकालाई सुझाव दिएका थिए ।
सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले, पाल्हीनन्दन गाउँपालिका बाढी डुबान क्षेत्रमा बजेट बिनियोजन गरेपनि यसको रोकथामको लागि दीर्घकालीन समाधानमा ध्यान दिन गाउँपालिकालाई सुझाव दिएका थिए । खानेपानीमा बिनियोजित बजेट अपर्याप्त भएकोले खानेपानीको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरि जनतालाई शुद्ध खानेपानी खुवाउन र मिडिया परिचालनमा गाउँपालिका आवश्यक बजेट बिनियोजन गर्न सुझाव दिएका थिए ।
त्यस्तै पाल्हीन्दन गाउँपालिका वडा नं ३ बासी हुसेन अन्सारीले गाउँपालिकाबाट सन्चालन हुने आयोजनाको सार्वजनिक रुपमा जानकारी हुनेगरी आयोजना स्थलमा होर्डिङ बोर्ड राख्नु पर्ने सुझाव दिदै महेसपुर बसपार्क निर्माणमा पनि तिब्रता ल्याउन सुझाव दिएका थिए । अंसारीले गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गा कति छ एकिन गरी व्यवस्थापन गर्न र यसको संरक्षण तर्फ ध्यान दिन गाउँपालिकालाई ध्यानकर्षण गराएका थिए ।
कार्यक्रममा स्थानीयवासीले उठाएको गुनासो तथा जिज्ञासा मेटदै गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले गाउँपालिकावासीलाई सहज हुने गरी सडक पूर्वाधारमा बढी बजेट खर्च गरिएको बताएका थिए । उनले भने, कृषिमा पनि पर्याप्त बजेट विनियोजन गरी कार्यक्रमहरु सञ्चालन भईरहेका छन् जुन क्षेत्रमा बजेट अपर्याप्त भएकोले आगामी आर्थिक बर्षमा महिला तथा बालबालिका, युवायुवती र गरिब तथा बिपन्न समेतको आर्थिक समृद्धि हुने गरि बैज्ञानिक रुपले बजेट बिनियोजन गर्ने बताए । त्यस्तै अनुगमन तथा न्यायिक समिति तर्फ उठेको गुनासालाई मेटदै गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारले न्यायिक समितिले सम्पादन गरेको कार्य प्रगति बारे सुनाईन ।
सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले सडक, कृषि, शिक्षा, पर्यटन, शिप तथा जनचेतना मुलक क्षेत्रमा गाउँपालिकले उचित बिनियोजन गरि सोबाट राम्रो नतिजा पाउन सफल भएको बताए । प्रमुख प्रशासकिय अधिकृत पौडेलले गाउँपालिका भित्र रहेको सर्वजनिक जग्गाहरु बिवरण संकलन भईसकेको र अतिक्रममि जग्गालाई खाली गराई आफनो कब्जामा ल्याउन र संरक्षण गर्न तर्फ गाउँपालिका रणनिति अपनाएर अगाडी बढने बताए ।
गाउँपालिकाले, बेलासपुरमा बनाई रहेको मुख्य प्रशासनिक भवन र केहि ठुला सडकहरु गौरवको आयोजना रहेको बताउदै गाउँपालिकाले नन्दन ताललाई पर्यटनको रुपमा विकास गर्न अगाडी बढि रहेको जनायो । सुुनुवाई कार्यक्रममा सबै वडाका वडा अध्यक्ष र कार्यालयका विभिन्न विषयगत शाखाका शाखा प्रमुखहरुले आ–आफनो सम्बन्धित उठेको प्रश्नको जवाफ दिएका थिए ।