कोलबृक्ष बगैचालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न १७ बुँदे घोषणा–पत्र जारी

0
184


परासी, ३ असार । पश्चिम नवलपरासीको सरावल गाउपालिका २ जाँवा स्थित कोलवृक्ष बगैचामा जेठ पुर्णिमाको अवसर पारेर कोलिय महोत्सवका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानिय कोलिय खरब तथा नन्दन खबरको संयुतm आयोजनामा सो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

पर्यटकिय स्थलको रुपमा विकास गर्ने उदेश्यले अन्तरक्रियाको आयोजना गरिएको थियो । सरावल गाउपालिकाको सहयोग तथा २ नं. वार्ड कार्यालयको समन्वयमा कार्यक्रम भएको थियो । कार्यक्रममा कोलवृक्षको ऐतिहासिक तथा आयुर्वेदिक महत्वबारे चर्चा गरिएको थियो । कोलवृक्षकै नाँममा प्राचिन बौद्ध कालमा कोलिय गणराज्यको स्थापना गरिएको सहभागिहरुले नेपालमै पाईने लोपोन्मुख बनस्पतिको संरक्षण गरि यस क्षेत्रमा पर्यटन विकासका लागि काम गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । चर्मरोगको उपचारमा प्रयोग हुने कोलवृक्ष प्राचिनकालमा पनि यस्को चर्चा गरिएको पाईन्छ ।

कोलवृक्ष क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले १७ बुदे घोषणापत्र समेत जारी गर्दै यस्को विकासका लागि गाउपालिकाले कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाएका थिए । पर्यटन विकासका लागि जारी गरिएको घोषणा पत्र अनुसार कोलवृक्षको ऐतिहासिक,जैविक तथा आयुर्वेदिक महत्वका लागि अनुसंन्धान गरिने छ । त्यसैगरि कोलवृक्षको बगैचा नजिकै होम स्टे बनाउन आवश्यक प्रबन्ध मिलाउने,बगैचा सेरोफेरोमा रहेका सरोवर,पुरातात्विक तथा धार्मिक स्थलहरुको पहिचान,संरक्षण,प्रवद्र्धन गरिने छ । सो क्षेत्रको वृहत्तर विकासका लागि गुरुयोजना बनाई यसै बर्ष डिपिआर गाउपालिकाले स्वामित्व लिई गराउने छ ।

यसै गरि यस क्षेत्रको संस्कृति संरक्षण गर्दै योजनाबद्ध तरिकाले यसको ब्यवासायिक विकास गरिने छ । यस क्षेत्रको पर्यटकिय क्षेत्रको रुपमा प्रचार प्रसार गर्नका लागि महिनाको कम्तीमा एउटा कार्यक्रमको आयोजना गरिने छ । पुरातात्विक स्थलको खोज तथा अनुसंधानका लागि सरोकारवाला सरकारी विभाग कार्यालयसंग समन्वय गरि काम अगाडी बढाइने छ । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा यो स्थान बौद्ध स्थल हो भनि चिनाउनका लागि मिडिया परिचालन गरिने छ । स्थानियबासी तथा सरोकारवालालाई यस क्षेत्रको विकासमा सहभागि तथा सक्रिय गराईने छ । स्थानिय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा यो पर्यटकिय क्षेत्रलाई समावेश गरि विद्यालयमा पठन पाठन गराइने छ ।

प्रमुख पर्यटकिय स्थलको रुपमा यस क्षेत्रम गाउपालिकाबाट बजेट विनियोजनको निरन्तरता दिइने छ । घोषणापत्रलाई मुर्त रुप दिनका लागि वार्ड कार्यालय लगायत स्थानियको सहभागितामा कोलवृक्ष संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति गठन गरिने छ । आर्थिक बर्ष २०७६÷०७७ देखी यस पर्यटन क्षेत्रलाई सरावल गाउपालिका गौरवको आयोजनामा समावेश गर्नेछ । आर्थिक बर्ष २०७६÷०७७ मा जाँवा पर्यटन विकास क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गरि कार्य गरिने छ । पर्यटन क्षेत्र विकासको लागि पुर्वाधार तयार गरिने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आब २०७६÷०७७ मा थारु संग्रालयको स्थापना प्रारम्भ गरिने लगायतका बुदा घोषणापत्रमा उल्लेख गरिएका छन् ।

त्यसैगरि अन्तरक्रिया कार्यक्रम पश्चात स्थानियबासीको सहभागितामा असार देखी जेठसम्म प्रत्येक महिना कम्तीमा एउटा कार्यक्रम गर्नका लागि कार्ययोजना समेत बनाई सार्वजनिक गरिएको थियो । जस्मा असार महिनामा वृक्षारोपण, साउनमा कोलवृक्ष गणना,भदौमा थारु संस्कृति प्रर्दशनी,असोजमा शुभकामना आदान प्रदान,कातिकमा जडीबुटी प्रचार प्रसार,मंसिरमा सरसफाई,पुसमा योग शिविर,माघमा प्रेस कन्फ्रेन्स,फागुनमा मेडिटेसन,चैत्रमा होम स्टे सञ्चालन अभिमुखीकरण,बैशाखमा बुद्ध पुर्णिमा र जेठमा पुनः वृहद कोलिय महोत्सवको आयोजना गरिने गरि कार्ययोजना समेत सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा पत्रकार बेचु गौडले कोलवृक्ष क्षेत्रमा पर्यटन र यसको ऐतिहासिक तथा बौद्धस्थलसंगको सम्बन्धबारे ६ पृष्टको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविश्वर रेग्मीले यस क्षेत्रमा यस्तो कार्यक्रम पहिलो पटक भएको प्रशंसा गर्दै यस क्षेत्रको विकासका लागि गाउपालिकाबाट गरिने सबै प्रकारको सहयोग उपलब्ध गराईने बताएका थिए । उनले स्थानियबासीसंग भएको आफ्नो सांस्कृतिक धरोहरलाई नगद परिणत गरि आयआर्जन गर्न समेत सल्लाह प्रस्तुत गरेका थिए । गाउपालिका उपाध्यक्ष उत्तमा रायले थारु कल्चर,बौद्ध संस्कृति एक आपसमा मिल्दोजुल्दो भएको र यो कोलवृक्ष पनि बुद्धकालिन महत्व भएको हुदा यस क्षेत्रको विकासले थारु समाजको विकास हुने बताएकी थिईन् । कार्यक्रम २ नं.वार्डका अध्यक्ष सम्भु प्रसार चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा आदीबासी जनजाती,थारुकल्याणकारी,स्थानिय महिला तथा आमा समुह,सामुदायिक बन समुह तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here