बर्दघाट, ३ असार । पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्माले बजेट सिलिंगमा मनाेमानी गरेकाले वडा अध्यक्षहरूले विराेध जनाएका छन्र । प्रमुख शर्माले वडा अध्यक्ष तथा सदस्यहरू संग सल्लाह सुझाव तथा बैठकै नबसीकन अाफुखुशी बजेट सिलिंग तयार गरेकाले वडा अध्यक्षा तथा कार्यपालिका सदस्यहरूले विराेध जनाउदै सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएका हुन्र ।
प्रमुख शर्माले थाेरै पैसा वडामा पठाउने र अधिकांश बजेट अाफनाे मातहमा राख्ने कार्य प्रति असन्तुषट वडा अध्यक्षहरू मेयर शर्माकाे विराेध गर्दर्ै प्रमुख शर्मा, जिल्ला समन्वय समिती प्रमुख शिवशंकर राय, प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएका हुन्र । केहिदिन अगाडी कार्यपालिकाका सदस्यहरु तथा वडाध्यक्षले कार्यपालिकाको बैठक बहिस्कार गरी प्रेस विज्ञप्ती समेत जारी गरेका सदस्यहरुले आईतबार बर्दघाट नगरपालिका जिल्ला प्रशासन कार्यलय पश्चिम नवलपरासी र जिल्ला समन्व्य समिति पश्चिम नवलपरासीमा ज्ञापन पत्र बुझाएका हुन ।
गत बैठकमा आगामी आर्थिक बर्षको २०७६।०७७ का लागी समस्टीगत बजेट सिलिगं आय व्यय स्रोत गत छलफल का लागी बसेको बैठकमा बर्दघाट नगरपालिका का नगरप्रमुख धिरज शर्मा बस्यालले आगामी आर्थिक बर्षका लागी निति तथा कार्यक्रम एवं बजेट विनियोजन को तैयारीमा आफु खुसी गरेको भन्दै बैठक बहिष्कार गरी कार्यपालिकाका सदस्यहरु तथा वडाध्यक्षले बैठक हलबाट बाहिरी प्रेस विज्ञप्ती जारी गरेका थिए ।
बुझाइएकाे ज्ञापन पत्रमा, हचुवाको भरमा आएको आ.व २०७६।०७७ को बजेट सिलिंग तत्काल सच्याउनु पर्ने , खर्च भएको बजेट पारदर्शी हुनु पर्ने , लोकतान्त्रिक मुल्य र मान्यता अनुसार आर्थिक पारदर्शिताका लागी लेखा समिति गठन गर्नु पर्ने , गत बर्षको बजेटको समिक्षा हुनु पर्ने , केन्द्रिकृत गरिएको बजेट बिकेन्द्रिकृत गर्नु पर्ने , नगरपालिका बाट दिने योजनाहरु भेदभाव रहित तरिकाले वितरण गर्नु पर्ने लगायतका मागहरु उल्लेख गरिएको वार्ड नं. १६ का वार्ड अध्यक्ष शुक बहादुर गुरुंगले जानकारी दिए ।
२३ जना सदस्य रहेको बर्दघाट नगर कार्यपालीका सदस्यहरु तथा वार्ड अध्यक्षहरु वार्ड नंं ६ का वार्ड अध्यक्ष रोहित थारु , वार्ड नं ७ का वार्ड अध्यक्ष धु्रव थारु १० का वार्ड अध्यक्ष राजु मिश्र , वार्ड नं. ११ का वार्ड अध्यक्ष तिर्थराज फौजदार , वार्ड नं. १५ का अध्यक्ष बल बहादुर बलाल र वार्ड नं. १६ का वार्ड अध्यक्ष शुक बहादुर गुरुगले विज्ञप्तीमा हस्ताक्षर गरेका छन्र ।