परासी, २ असार । ‘‘समृद्ध नेपालको लागि हातेमालो” भन्ने मुल नाराका साथ ३ दिने महिलाहरुको संस्थागत तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । हातेमालो बहुद्देशिय केन्द्रको आयोजना तथा रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा सो तालिम परासीमा सम्पन्न भएको हो ।
केन्द्रको अध्यक्ष लक्ष्मी गुप्ताको अध्यक्षता तथा रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथ्यतामा संचालन भएको उक्त तालिममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको उद्दघाटन शत्रका प्रमुख अतिथि एवं रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता, विशिष्ट अतिथि एवं नगर उप–प्रमुख रम्भा कुँवरले महिलाहरुको संस्थागत तथा नेतृत्व विकासका लागि अझै वृहद कार्यशालाको आयोजना गर्ने योजना रहेको बताए ।
तालिममा प्रशिक्षक सम्झना चौधरी र अधिवक्ता शैलेन्द्र अम्बेडकरले महिलाहरुलाई संस्थागत तथा नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिएका थिए । तालिममा महिलाहरुको नेतृत्व विकासका लागि समुहमा विभाजन गरि कार्यशाला सहित अभ्यास पनि गराइएको थियो ।
तालिममा महिलाहरुको संस्थागत विकासका लागि सैद्धान्तिक ज्ञान सहित प्रयोगात्मक अभ्यास पनि गराइएको थियो । जेष्ठ ३१ गतदेखि संचालन भएको तालिम केन्द्रकि अध्यक्ष लक्ष्मी गुप्ताको अध्यक्षतामा असार १ गते सम्पन्न भएको थियो ।