0
285

परासी, ३०जेठ । नवलपरासी जेष्ठ ३० नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ श्री गणेशमान प्राथमिक विधालय केवलपुरको हलमा प्रतापपुर गाउपालिका अन्तरगत महिला तथा अपांग महिलालाई सिपमूलक हातेकढाई तालिम सम्पन्न भएको छ ।

जन जागृति अपांग संस्था (सी.वी.आर नेटवर्क ) नवलपरासीको आयोजना तथा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम नवलपरासीको सहयोगमा उक्त तालिम सम्पन्न भएको कार्यक्रममा बच्चा रायको अध्यक्षाता तथा प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख अथित्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले तालिमबाट सीप सिखेर महिलाहरू आयआर्जन गर्दै आत्मनिर्भर बन्नुको साथै माहिलाहरू घरमा मात्र सिमित नभई तालिमबाट सीप सिखी आर्थिक विकास गर्नु पर्ने बताऊनु भयो।

साथै यस क्षेत्रमा यस्तै बिभिन्न किसीमको तलिमको आवश्यकता देखिएको हुदाँ आफु सक्दो सहयोग गर्ने धारणा ब्यक्त गर्नु भयो।

कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष रामहरि उपध्याय , रजेश सिंह थापा ,जितेन्द्र कुमार दुवे ,नन्दु यादव ,अमृता गैरे , सहबान अन्सारी , तवहिद धुनिया ,लगायतहरुको सहभागिता रहेको थियो ।

तालिममा करिब २२ जनाको सहभागितालाई प्रमाणपत्र सहित वितरण गरिएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here