परासी, २३ जेठ । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालीका वार्ड न. ५ बैदोलीमा आज देखि रूद्र महायज्ञ संचालन भएको छ । हिन्दु धर्मको रक्षा तथा स्थानीय शिव मन्दिरको विकास गर्ने उदेश्यले महायज्ञ संचालन गरिएको यज्ञ सम्पादन मुल समितिका अध्यक्ष लक्ष्मीकान्त मिश्रा बताउनु भयो ।
माहायज्ञको अवसरमा आज बेतहानी ,बसहिया ,जगरनाथपुर, गुठी सुर्यपुरा , श्रीरामपुर हुदै कलशयात्राको वडा परिक्रमा गरि महायज्ञ प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माले उदघाटन गर्नु भएको थियो ।कलशयात्रामा हजारौं भक्त श्रद्धालुहरूको सहभागीता रहेको थियो भने माहायज्ञमा बिहान ६ बजे देखि १० बजे सम्म हवन र परिक्रमा ,दिउसोमा १२ बजे देखि ४ बजे सम्म प्रवचन साझ ४ बजे देखि ६ बजे सम्म हवन र परिक्रमा र राति ८ बजे देखि २ बजे सम्म सास्कृतिक रामलिला कार्यक्रम संचालन गरिने बताईएको छ । माहायज्ञ जेठ ३१ गते सम्म संचालन हुने बताईएको छ। भने दया सागर उप्धायले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।