परासी, २३ जेष्ठ । रामग्राम नगरपालिका तथा उपकार समाज संस्था नवलपरासीको सहयोगमा एक दिने अल्जाइमर तथा डिमेन्सिया रोगबारे अन्तरक्रिया कार्यक्रम सन्पन्न भएको छ । संस्थाका अध्यक्ष गुड्डु गुप्ताको अध्यक्षता तथा रामग्राम नगरपालिका प्रमुख नरेन्दरु कुमार गुप्ताको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
जेष्ठ नागरिकहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले उनीहरुमा देखिन अल्जाईमर तथा डिमेन्सिया रोगहरुको बारेमा जानकारी गराउदै प्रशिक्षक डाक्टर महेशराज घिमिरेले सो रोगबाट सचेत रहने बचने उपकाय सिकाएका थिए । कार्यक्रम विभिन्न वडाबाट जुटेका जेष्ठ नागरिकहरुलाई सो रोग कसरी लाग्ने र सो रोगबाट कसरी जोगिने भन्ने विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष गुडु गुप्ता, कार्यक्रम प्रमुख अतिथि एवं नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, विशिष्ट अतिथि एवं नगर उप–प्रमुख रम्भा कुँवर,
अतिथि एवं नेपाली कांग्रेसका जिल्ला सचिव विक्रम यादव, अतिथि वडा ११ का अध्यक्ष बम बहादुर चौधरी, वडा १२ का अध्यक्ष भगवन्तलाल गुप्ता, वडा सदस्य अनिता तिवारी समाजसेवी पलकधारी गुप्ता, समाजसेवी शिवनाथ प्रसाद गौडले, संस्थाका उपाध्यक्ष बनवारी कुमार गौड लगायतले मन्तब्य राखेका थिए ।