परासी,२२ जेठ । मुस्लिम समुदायले आज देश भरी ईद पर्व मनाउदै छ। इस्लाम धर्मको आज १० औ महिनाको १ तारिखका दिन नेपाल भारतका सबै मुस्लिमहरु ईद पर्व मनाउदै ईदको मुबारकवाद तथा शुभकामना आदानप्रदान गरि रहेका छन।
अरबी हिजरी क्लेन्डरको ९ औ महिना रमजान महिना भरी व्रत बसी आज ईद पर्व हर्सोउल्लाशका साथ ईद पर्व मनाउदै छन। आज ईदुल फित्रको दिन बिहान ईदको नमाज पढी एकाअर्कालाई शुभकामना आदानप्रदान गर्दै आज दिन भरी साथिभाइहरुलाइ मीठो पक्वान सेवई खाने खुवाउने कार्यमा ब्यस्त रह्ने धर्मावलम्बीले बताएका छ।