ओली–मोदी भेट, सम्बन्ध अझ गहिरो बनाउने प्रतिबद्धता

0
291

काठमाडौं, १८ जेठ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच केहीबेरअघि भारतीय प्रधानमन्त्री कार्यालय, हैदरावादमा द्विपक्षीय भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्विटरमार्फत् भारत र नेपालका प्रधानमन्त्रीबीच भएको भेटघाटको तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन् । रवीशले लेखेका छन्, “दुवै देशका प्रधानमन्त्रीले आपसी सम्बन्धलाई अझ गहिराइमा लैजाने र सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” खासगरी जनस्तरको सम्बन्धमा उनीहरुले जोड दिएको बताइएको छ । प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका थिए ।

ओलीसँगको भेटवार्ताअघि भारतका प्रधानमन्त्री मोदीले बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, मौरिससका प्रधानमन्त्री प्रभिन्दकुमार जुग्नाउथसँग भेटवार्ता गरेका थिए ।
नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि मोदीले भुटानका प्रधानमन्त्री लोटे छिरिङसँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतको विदेश मन्त्रालयले सबैसँगको भेटघाटको समयसीमा २० मिनेटका दरले कायम गरेको पाइएको छ ।

प्रधानमन्त्री ओली आजै अपरान्ह स्वदेश फर्किदै छन् । उनी भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका थिए ।

बिहीबार साँझ भारतीय राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र वा सरकार प्रमुख, किर्गिस्तानका राष्ट्रपति र मौरिससका प्रधानमन्त्री समेतका विदेशी अतिथी सामेल थिए ।

बिहीबारको शपथग्रहण समारोहमा प्रधानमन्त्री मोदी, मन्त्री र राज्यमन्त्रीसहित ५८ जनाले शपथ लिएका थिए । उनीहरुको कार्यविभागन भने गरिएको छैन । मोदी आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अन्तर्गत संघाइ को–अपरेसन अर्गनाइजेसनको सम्मेलनमा भाग लिन दुई साताभित्रै किर्गिस्तान जाँदैछन् । सो संगठनको सम्मेलन जुन १३ र १४ मा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here