कावासोती,१६ जेठ । पूर्बि नवलपरासीको देबचुली २ हमाल चोकमा बस र ट्रक ठक्कर खादा २ जनाको घटना स्थलमा मृत्यु भएको छ । भने अन्य १७ जना घाईते घाइृते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपि अर्जुन रानाभाटका अनुसार दुर्घटनामा परि २ जना महिलाको मृत्यु भएको र अन्य करिब १७ जना घाईते भएको जनाएका छन् । पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना४ख ५२९५ बस र बिपरीत दिशाबाट आउदै गरेको ना २ ख ४८९० ट्रक एक आपसमा ठक्कर खादा उक्त्त दुर्घटना भएको हो । दुर्घटनाको थप बिवरण आउन बाकीं छ ।