परासी,१५ जेठ । नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा वडा स्तरिय ५ दिने जलवायु परिवर्तन सम्बन्धि तालीम मंगलबार देखि सुरु भएको छ ।
प्रतापपुर गाऊपालिकाको आयोजना तथा भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीको सहजीकरण उक्त तालिम शुरु भएको हो ।
कार्यक्रममा संजय कुशवाहाको संयोजकत्व तथा प्रतापपुर गाउपालिका वडा नं ८ का वडाध्यक्ष कादिर अली अन्सारीको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्सारीले जलवायु परिवर्तन अत्याधिक प्रदुषणको मात्रा वृद्धि भई वायुमा देखिने नाकारात्मक परिवर्तन हो ।जलवायु परिवर्तनलाई नियन्त्रण गर्न उचित मात्रामा फोहोरको व्यवस्थापन गर्ने ,जनसंख्या नियन्त्रण ,बसाइसराई दर नियन्त्रण ,उधोग तथा कलकारखाना व्यवस्थित बनाअौं भन्ने बताऊनु भयो ।
यस क्षेत्रका मानिसहरुलाई यस किसीमको तालिमहरुको आवश्यकता रहेको हुदाँ यसलाई अझै प्रभावकारी बनाऊन जरुरी रहेको अन्सारीले धारणा ब्यक्त गर्नु भयो।
कार्यक्रममा वडा नं ६ का वडा सदस्य प्रभावित हरिजन , मानव विकास अध्यन केन्द्रका अध्यक्ष बृजराज कुशवाहा , शसस्त्र प्रहरी नायब निरिक्षक पृथ्वी बहादुर शाही , गुठी परसौनी प्रहरी चौकीका ईन्चार्ज अोम देव भाट क्षेत्री , लगायतहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन उमेश वि.क ले गर्नु भएको थियो।
शुरु भएको तालिममा वडाका ५५ जनाको सहभागिता रहेको पहिलो दिन तालिमका कमला पुनदेह प्रशिक्षण दिनु भएको थियो।