परासी, १५ जेष्ठ । ५८आंै एम्नेष्टी दिवसको अवसरमा पश्चिम नवलपरासीको परासीमा पनि दिप प्रज्वलन कार्यक्रम गरि सो दिवस मनाइएको छ । एम्नेष्टी ईन्टरनेशनल नेपाल समुह ३१ परासीको आयोजनामा परासी बुद्धचोकमा मंगलबार साँझ सात बजे मैन बत्ती प्रज्वलन गरि सो दिवस मनाइएको हो ।
समुहका संयोजक बिजय कुमार जायसवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य बेचु गौड, रेडियो परासीका अध्यक्ष सुमग गोपाल आचार्य, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय, माहुरी होमका जिल्ला संयोजक एवं समुहका उप संयोजक बृजराज कुश्वाहा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागिहरुले मैनबत्ति प्रज्वलन गरि मानव अधिकारको संरक्षण हुनु पर्ने धारणा व्यक्त गरेका थिए ।