गणतन्त्र दिवस : राष्ट्रपतिबाट माधव राईसहित ४३४ कैदीको सजाय माफ

0
189

काठमाडौं १५ जेठ । गणतन्त्र दिवसको अवसरमा ४ सय ३४ कैदीलाई सजायँ माफी दिइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसमा ४३४ कैदीलाई सजायँ माफी दिएकी हुन् ।

माधव राईसहितका कैदीलाई माफी दिइएको राष्ट्रिय समाचार समितिले जनाएको छ । असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्र प्रमुखले माफी दिने परम्परा छ ।

यसैबीच राष्ट्रपति विद्या भण्डारीले गणतन्त्र दिवसको अवसरमा पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान पनि गर्दै छिन् । अाज देशभिर गणतन्त्र दिवस  विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here