परासी,१५ जेठ । नवलपरासी सुनवल नगरपालिका ५ की जुठीमाया पुनलाई अहिले आफ्नो घरको भन्दा उनकै नेतृत्वमा सञ्चालन हुदै आएको नमुना महिला उद्यम केन्द्रको चिन्ता बढि छ । घरमा खाना खाए पछि उनलाई उद्यम केन्द्रको ब्यवस्थापन,सञ्चालन गर्नमै वित्छ दिनचर्या । कुन महिलाहरु केन्द्रमा आए को आएन, किन आएनन ? जस्ता कुरामा पनि उनी सधै विचार पुर्याउनुका साथै महिलाहरुले उद्यम केन्द्रमा उत्पादन गर्दै आएको मालबस्तुको बजारी करण गर्नका लागि पनि उनि निरन्तर लागि परेकी छिन् ।
निरन्तरको लगाई र खटाईले नै दिन प्रति दिन उद्यम केन्द्रले फडको मार्दै गएको छ । यसले पुनलाई थप उत्साही बनाएको बताईन् । उनका अनुसार अहिले उद्यम केन्द्रमा १५ जना गाउकी महिला तालिम लिई रहेकी छिन् । उद्यम केन्द्रबाटै तालिम लिएकी १० जना महिला उद्यम केन्द्रमा ब्यवसायिक तरिकाले ब्यागहरु उत्पादन गर्ने गरेको उनले बताईन् ।
झोला,खादा,पर्स,ढाँका टोपी तथा लेडिज सपिगँ ब्याग अहिले उद्यम केन्द्रमा उत्पादन भई रहेका छन् । दैनिक दुई देखी ढाई सयको संख्यामा उत्पादन हुने ति समाग्रि स्थानियबजार संगै बुटवलका बजारमा जाने गरेको पुनले जानकारी गराईन् । उद्यम केन्द्रमा काम गर्ने महिलाहरुले मासिक खर्च कटाएर ८ देखी १० हजार आमदनी गर्दै आएका छन्, उनले भनिन्,यसका लागि उद्यम केन्द्रले २१ वटा सिलाई मेसिन खरिद गरि राखिएको दिएको छ । नयाँलाई सिक्ने थलो र सिक्नेलाई उद्यम गरि स्वरोजगार र रोजगारको थलो बन्दै गएको छ,नमुना महिला उद्यम केन्द्र । सधै घरको काम काज पछि एक आर्काको कुरा काटेर दिन विताउने महिलालाई अब आफ्नो घरधन्दा पछिको समय विताउने थलो समेत बन्यो उद्यम केन्द्र, पुनले उत्साही हुदै भनिन्,गाउकी महिलाहरु उद्यमी र आत्मनिर्भर बन्दै जादा आफुले गरेको मिहेनतले उत्साह थपेको छ ।
उद्यम केन्द्रको सञ्चालन ब्यवस्थपनमा पुनलाई नजिक र निरन्तर सघाउदै आएकी केन्द्रकी सचिव विमला खरेल पनि कम उत्साही छैनन् । खुशी ब्यतm गर्दै उनले भनिन,पहिला उद्यम केन्द्रको कुरा गर्दा के गर्न सक्छौ र हामी महिला ? तर अहिले त्यो आशंका मेटिसकेको छ । गाउकी महिलाहरुलाई पालै पालो उद्यम केन्द्रमा बोलाउने र सिकाउने काम भई रहेको उनले बताईन् । उद्यम केन्द्र सिक्ने र सिकाउने थलो मात्रै होईन्,उद्यम केन्द्रमै उत्पादन गरि बाहिर बजारमा उत्पादित समाग्रि बेचेर गाउमा आयआर्जनको माध्यम बनेको छ ।
अहिले ब्यपारीबाट अर्डर समेत आउन थालेको उनले बताईन् । मेसिन थोरै भएका कारण समय मिलाउदै महिलाहरुलाई पालो पालो काम गर्ने वातावरण मिलाएका छौ,उनले थपिन्अगामी दिनमा मेसिनको संख्या बढाउने र उत्पादनका परिकार र मात्रा समेत बढाउदै लैजान्छौ । नगरपालिका र वार्ड कार्यलयले समेत अहिले केही सहयोग गर्न थालेको उनले बताईन् ।
उद्यम केन्द्रका लागि अब मालसमान उत्पादन भन्दा बजारीकरणको केही चुनौतीहरु देखिएका छन् । बजारको अध्ययन गरेर माग अनुसारको समान उत्पादन गर्नु पर्ने देखिएको छ, सचिव खरेलले भनिन्,वार्ड कार्यालयसंग पनि यसका लागि परामर्श गर्दै आएका छौ । महिलाहरुको उत्साह देखेर वार्ड स्तरबाट केही रकम सहयोग गरिएको वार्ड अध्यक्ष थमन सिँह नेपालीले बताए । महिलाहरुलाई उद्यमी र आत्मनिर्भर बनाउका लागि अगामी बजेटमा थप कार्यक्रम राखिने उनले प्रतिवद्धता जनाए । चुनौतीको रुपमा रहेको उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकासंग कुरा राखिने उनको भनाई थियो ।
यता प्रत्येक वार्ड एक उद्यम केन्द्रको अवधारणा अनुसार नै सो उद्यम केन्द्र सञ्चालन भई रहेको सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले बताए ।
महिलाहरुको माग र आवश्यकता पहिचान गरि हरेक वार्डमा एक उद्यम केन्द्र सञ्चालनमा ल्याएको छ, उनले भने, त्यही मध्येको नमुना महिला उद्यम केन्द्र हो । अन्य वार्डमा पनि फरक फरक उद्यम केन्द्रहरु खोलिदै छ,त्यसका लागि बजार अध्ययन,लगानी तथा पुर्वाधार ब्यवस्थापनका लागि पनि काम भईरहेको उनले बताए । महिलालाई आत्मनिर्भर र स्वरोजगारका लागि यो कार्यक्रम नगरपालिकाबाटै भई रहेको उनको दाबी थियो ।