सुनवल नगर भित्रका विद्यालयलाई हरित विद्यालय बनाउने अभियान शुरु

0
298

परासी, ८ जेठ । नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा गर्न सफल जिल्लाको सुनवल नगरपालिकाले हरित विद्यालय बनाउने अवधारणा अगाडी सारेको छ । नगरक्षेत्र भित्र रहेका विद्यालयहरु बालमैत्रीसंगै अब वातावरणमैत्री बनाउनका लागि हरित विद्यालय अवधारणा ल्याएको हो ।

सोही अवधारणा नगरपरिषदबाट नै निर्णय गरि सोही निर्णय अनुसार नगरपालिकाको बोर्ड बैठकले जेठ १ गते सबै विद्यालयमा पत्राचार गर्ने निर्णय गरेको थियो । बालमैत्री घोषणा पश्चात(पोष्ट सिएफएलजी) कार्यक्रमलाई निरन्तरता दिदै विद्यालयलाई हराभार बनाउदै हरित विद्यालय बनाउनका लागि ३२ बुदे कार्ययोजना सहित सबै विद्यालयमा मंगलवार पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

३२ बुदे निर्देशनमा हरित विद्यालयका कार्यक्रम बाहेक पनि शैक्षिक गतिवधिको मासिक प्रतिवेदन समेत नगरपालिकाको शिक्षा शाखामा पठाईरहन उल्लेख गरिएको छ । शैक्षिक गुणस्तर वृद्धि,गुणस्तरितय तथा बालमैत्री वातावरणका विभिन्न आधार र मापदण्डहरु रहेका छन्, नगरपालिकाका मेयर भिम बहादुर थापा(भरत) बताए । बालमैत्रीकार्यक्रमको निरन्तरता र वातावरणमैत्री हरित विद्यालय कार्यक्रमका योजना बनाउनका लागि समेत विद्यालयलाई जानकारी गराइएको छ ।

विद्यालयले अ आफ्ना विद्यालय परिसरमा रुख विरुवा रोपण गरेर तथा सरसफाईका योजना तथा फोहरमैला ब्यवस्थापनका उचित कार्ययोजना समेत बनाई प्रतिवेदनको रुपमा नगरपालिकामा पठाउने छन् । विद्यालयले कार्ययोजना सहित प्रतिवेदन पठाए पछि नगरपालिकामा सोबारे पुनः बैठकमा छलफल गरि त्यसबारे आवश्यक सहयोगका योजना बनाइने छ । विद्यालयलाई हराभार गरि हरित विद्यालय चिनाउनमा खासै समस्या छैन्, उनले भने, केही विद्यालयहरुमा मात्रै कम्पाउण्डवाल नभएर समस्या होला,तर त्यसका लागि पनि के कसरी तारबार गरेर भए पनि वृक्षारोपण गर्न सकिन्छ,भने समेत लेखेर आउन पर्यो । त्यसको लागि पनि नगरपालिकाले उचित ब्यवस्थापन गर्नेछ ।

विद्यालयमा सौन्दर्यमुलक मौषमी तथा बहुबर्षे विरुवा रोपण गर्नु पर्ने,स्थान भएमा फलफुल तथा कृषिजन्य विरुवा रोपण गर्न सकिन्छ,उनले थपे,अझ धेरै जग्गा भएमा बन प्रजातीका विरुवा रोपेर बनबालीको रुपमा पनि विस्तार गर्न सकिन्छ । यसका लागि तत्काल नगरक्षेत्र भित्र रहेका बडेरा स्थित बन नर्सरी र बुद्ध शान्ति साझेदारी बन समुहको नर्सरी उपयोगमा ल्याउन सकिन्छ ।

अगामी दिनमा कृषि,बन तथा सौन्दर्यमुलक पुष्प नर्सरी समेत गरि बहुदेश्यि र बहुबर्षे नर्सरीको समेत योजना बनाई कार्यान्वनमा ल्याईने उनले बताए । प्रत्येक विद्यालयमा इको क्लब समेत गठन गरि बालबालिकालाई परिचालन गर्न सकिन्छ, यसले विद्यालयलाई हरित विद्यालय बनाउनमा ठूलो योगदान हुने उनको भनाई थियो ।

सुनवल नगरपालिकाका अभिभावक,विद्यार्थी,शिक्षक तथा नगरपालिका कर्मचारी जसरी मिलेर सहकार्य गरि नेपालकै सबै भन्दा पहिलो बालमैत्री नगरपालिका घोषणा गर्नमा सहयोग पुर्याएका थिए,त्यसै गरि यो हरित विद्यालय बनाउनमा पनि सहयोग र सहकार्य गर्नेमा उनले विश्वास ब्यतm गरे । सबै मिलेर काम गरे कुनै ठूलो कुरा छैन ।

बन विनासले बढदो जलबायु परिवर्तनलाई अनुकुलन गर्नमा समेत यो हरित विद्यालय अभियानले सघाउने छ । विद्यालयको वातावरण समेत स्वक्ष बनाउने छ । यसको प्रभाव गाउ समाजमा पनि पर्ने हुदा विद्यालयलाई नै केन्द्र बनाई अभियान सञ्चालन गर्दै आएको मेयर थापाले जनाए । हरित विद्यालय बनाउनका लागि सामुहिक रुपमा विद्यालयमा अभिभावक,शिक्षक र विद्यार्थीको सहभागितामा योजना र रणतीति बनाई वार्ड कार्यालय मार्फत नगरपालिकामा आउन आह्वान गरिएको थापाले जनाए । सुनवल नगरपालिका भित्र २६ वटा सामुदायिक विद्यालय र १९ वटा संस्थागत गरि कुल ४५ वटा विद्यालय रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here