लागु औषध सहित दुई युवक पक्राउ

0
291

परासी, ८ बैशाख । नवलपरासीको विभिन्न स्थानबाट लागु औषध सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा पोखरा उप महानगरपालिका १९ प्रगतिनगरका ३२ बर्षिय विमल गुरुगँ र रामग्राम नगरपालिका ७ उजैनीका २६ बर्षिय रोशन अचार्य लागु औषध सहित पक्राउ परेको प्रहरीले जानकारी गराएको हो ।

रामग्राम १२ स्थित हुलाकी राजमार्ग राजमार्गमा चेकजाँच गर्ने क्रममा गुरुगँ र पाल्हिनन्दन गाउपालिका ५ भगतपुरवाबाट अचार्य लागु औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विरेन्द्र थापाले जानकारी गराएका थिए । उनका अनुसार गुरुगँसंग नुफिन २३ एप्पुल,फेनारगन ५३ एम्पुल,डाइजापाम ५३ एम्पुल र एक थान सिरिन्ज बरामद गरिएको छ, भने अचार्यबाट नाट्राभ्याट १० नामक ट्याबलेट ३ सय पिस बरामद गरिएको छ । दुबैलाई लागु औषध नियन्त्रण ऐन २०३३ मुद्दा दर्ता गरि अनुसंधान शुरु गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here