चिनी मिल बन्द भएपछि साढे ५ करोडको उखु खेतमै सुक्न थाल्यो

0
289

परासी, ४ जेष्ठ । उखु क्रसिङ्ग नसकिदै, सिजन सकिएको भन्दै उखु चिनी मिलहरु बन्द भएका छन् । डेढ महिना ढिला क्रसिङ्ग शुरु गरेका चिनी मिलहरु क्रसिङ्ग सिजन सकिएको भन्दै चिनी मिल बन्द भएका हुन् ।

पटक–पटक विभिन्न बहानामा मिल बन्द गर्दै आएका मिल संचालकहरुलाई स्थानिय उखु समिति र स्थानिय उखु किसानहरुले दबाब दिदै मिल संचालन गराउदै आएका थिए तर अहिले बागमति चिनी मिल र ईन्दिरा चिनी मिलले सिजन सकिएको सुचना जारी गर्दै मिल बन्द गरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । उनले भने, अझै पनि १ लाख क्वीन्टल उखु क्रसिङ्ग हुन बाकी छ ।

जेष्ठ १ गते नै मिल बन्द गर्ने चक्करमा रहेको ईन्दिरा सुगर मिलमा दुधनाथ गुप्ता, धिरज त्रिपाठीको नेतृत्वमा पुगेको उखु किसानको टोलीले दबाब दिदै मिलको गेटमा रहेका उखुहरुलाई ईन्ट्रि गराएका थिए । ईन्दिरा सुगर मिलले मिल गेटमा रहेका उखुहरुको ईन्ट्रि गर्दै खेतमा रहेका उखुहरुको ईन्ट्रि नगर्ने भन्दै सुचना जारी उखु क्रसिङ्ग बन्द गरेको किसानहरु बताउछन् ।

उखु मिल ढिला संचालनकै कारण अझै पनि खेतमा रहेका १ लाख क्वीन्टल उखु क्रसिङ्ग हुन बाकी देखिन्छ तर यसलाई क्रसिङ्ग गर्न नत्र मिलहरुले नै ध्यान दिएका छन नत्र सम्बन्धित निकायकै ध्यान पुगेको अध्यक्ष यादवले आरोप लगाए । उनले भने, यसरी किसानहरुको उखु क्रसिङ्ग हुन नसकेर खेतमै सुकेर ५ करोड ३६ लाख रुपैया घाटा लाग्ने बताए ।

सरकारले प्रति क्वीन्टल उखु ५३६ रुपैया समर्थन मुल्य तोकेको छ । जिल्लामा संचालित लुम्बिनी चिनी मिल डेढ महिना अगाडी नै मिल बन्द गरेको थियो भने एक सातादेखि बागमति चिनी मिल र ईन्दिरा सुगर मिलले पनि उखु खरिद गर्न र क्रसिङ्ग गर्न बन्द गरेको अध्यक्ष यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here