नवलपरासीमा पनि मनाइयो २५६३ आंै बुद्धज्यन्ती

0
276

परासी, ४ जेष्ठ । शान्तीका अग्रदुत भगवान गौतम बुद्धको २५६३ आंै जन्मज्यन्ति नवलपरासीमा पनि भव्यताका साथ मनाइएको छ । रामग्राम नगरपालिकाको आयोजनामा रामग्राम स्तुपमा एक औपचारिक कार्यक्रम बिच २५६३ आंै बुद्धज्यन्ति मनाइएको हो । उक्त कार्यक्रम रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा प्रदेश सभा सदस्य बैजनाथ जयसवालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

विश्वमा एक मात्र स्थानमा सुरक्षित रहेको भगवान गौतम बुद्धको अष्तिधातु रामग्राम हो । लुम्बिी बुद्धको जन्म स्थल हो तर रामग्राम उनको अष्तिधातु रहेको धार्मिक स्थल हो । उक्त एतिहासिक पुरातात्विक एवं धार्मिक स्थल रामग्राम स्तुपको विकासका लागि प्रदेश सरकार तथा संघिय सरकारले विशेष पहल गर्न आवश्यक रहेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य बैजनाथ जयसवालले रामग्राम स्तुप र बुद्धको मावली पण्डितपुरको विकासका लागि तिन वटै तहको सरकारले आ–आफनो तर्फबाट पहल गर्नु पर्ने आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय प्रमुख शिव शंकर राय, रामग्राम नगरपालिका उप–प्रमुख रम्भा कुँवर, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायतले रामग्राम स्तुपको विकासका लागि सरकारको उदाशिनता देखिएको जिकिर गरे ।

कार्यक्रममा शान्तीका अग्रदुत भगवान गौतम बुद्धको विषयमा वक्तृत्व कला प्रतियोगिता समेत गराइएको थियो । कार्यक्रममा विभिन्न नृत्वहरु प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here