परासी, ३ जेष्ठ । देशभरि संगै पश्चिम नवलपरासीका पत्रकारहरुले पनि मिडिया काउन्सिल विधेयको विरोध गर्दै संचार सामाग्री प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको निर्देशन अनुसार यस जिल्लामा पनि नेपाल पत्रकार महासंघ शाखा पश्चिम नवलपरासीको नेतृत्वमा जिल्लाको बुद्धचोकमा जुटेका पत्रकारहरुले विरोध स्वरुप संचार सामाग्री प्रदर्शन गर्दै शान्तीपुर्ण विरोध ¥याली समेत निकालेका हुन् ।
महासंघका अध्यक्ष हरि शर्माको नेतृत्वमा निक्लेको विरोध ¥यालीमा क्यामेरा, रेडियो, ल्याप्टप, रेकर्डर, मोबाईल, कपी कलम जस्ता संचार सामाग्रीहरु प्रदर्शन गरिदै उक्त ¥याली जिल्ला प्रशासन कार्यालय अगाडी पुगी करिब १ घण्टा धर्ना समेत बसेको थियो । धर्ना पश्चात उक्त पत्रकारहरुको टोली जिल्ला कारागार पुगी कारगार प्रमुख जगत बहादुर बस्नेतलाई उक्त संचार सामाग्रीहरु बुझाएका थिए ।
सरकारले मिडिया काउन्सिल विधेयक मार्फत सामाचार लेखेकै भरमा गरिने पत्रकारहरुलाई जरिवाना, पत्रकारले तिर्न नसकि जेल जानु पर्ने अवस्थामा सो सामाग्रीहरु जेलमा उपलब्ध गराउने उद्देश्यले क्यामेरा, रेडियो, कपी कलम, रेकर्ड सहित संचार सामाग्रीहरु जेलर बस्नेतलाई बु्झाइएको महासंघका अध्यक्ष शर्माले जानकारी दिए ।
प्रेस स्वतन्त्रता ग्यारेन्टी गर, मिडिया काउन्सिल विधेयक खारेज गर भन्दै मुल नाराका साथ गरिएको विरोध प्रदर्शन कार्यक्रममा महासंघका अध्यक्ष हरि शर्मा, महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, पुर्व केन्द्रिय सदस्य बेचु गौडले आफनो धारणा राखेका थिए ।