भारतीय चुनावका कारण नवलपरासीका नाका आजदेखि तिन दिनसम्मका लागि बन्द

0
302


जितेन्द्र गुप्ता –

महेसपुर, ३ जेष्ठ । भारतमा हुन गईरहेको सातांै चरणको लोकसभा निर्वाचनका कारण नवलपरासीका नाका आजदेखि तिनका लागि बन्द गरिने बताइएको छ । भारतको उत्तर प्रदेश लगायतका क्षेत्रमा हुने लोकसभा निर्वाचनले पश्चिम नवलपरासीका नाकाहरु जेष्ठ ३ गते राती १२ बजदेखि जेष्ठ ५ गते आईतबार साँझसम्मका लागि पुर्ण रुपले बन्द गरिने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

भारतको उत्तर प्रदेश सहित विभिन्न क्षेत्रमा हुने लोकसभा चुनावको १९ तारिखको मतदान कार्यक्रम रहेकाले सिमा संग जोडिएको यस जिल्लाका नाकाहरु ३ दिनका लागि बन्द गरिने छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले पनि कडा निगरानी बढाएको छ । दुबै देशको उच्च सुरक्षा अधिकारीको समन्वयमा सिमामा कडा सुरक्षा व्यवस्था मिलाइएको र निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन ३ दिनका लागि नवलपरासीको मुख्य नाका महेसपुर देखि विभिन्न स–साना नाकाहरु पनि पुर्ण रुपले बन्द गरि आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ ।

जिल्लाको सिमावर्ति बजार ठुठीबारी, लक्ष्मीपुर, झुल्नीपुर, भैंसालोटन र बरगदवाँ रहेकाले नेपाली उपभोक्ताहरु बजार गर्न भारतीय बजार जाने गर्दथ्ये तर नाका बन्दका कारण उक्त अवधिभरि भरतीय बजार आवत जावतमा दुबै देशको सुरक्षाकर्मीले रोक लगाउदै आवत जावत नगर्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् । नवलपरासी भारतको उत्तर प्रदेश र विहार प्रदेश संग करिब ३० किलोमिटर सीमा संग जोडिएको जिल्ला हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here