अवैध भारतीय नोट कारोबार गरेको आरोपमा ५ जना पक्राउ

0
460

काठमाडौं– अवैध भारतीय नोट कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ५ जनलाई पक्राउ गरेको छ । एक हजार र पाँच सयका अवैध भारु कारोबार गरेको आरोपमा ठमेलस्थित होटल ब्लु मोहनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौंको चमती बस्ने शम्भु परियार, दोलखा घर भई सोही ठाउँ बस्ने रामविक्रम खड्का, पोखरा घर भई स्वयम्भू बस्ने सन्तोष परियार, काभ्रे घर भई नयाँबजार बस्ने धनध्वज तामाङ र काभ्रे घर भई स्वयम्भू बस्ने राजेन्द्र घिसिङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनीहरुलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा हिरासतमा राखिएको र थप अनुसन्धान भैरहेको बताए । @Ratopati.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here