परासी , २९ बैशाख । यतिखेर तराई जिल्लामा अन्य ठाउँभन्दा बढी नै गर्मि हुन थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ । नवलपरासी लगायतका जिल्लाहरुमा गर्मि बढ्दै गएपछि स्थानियबासीहरुको दैनिकी कार्यमा समस्या आएको छ ।
नवलपरासीको सरावल गाउँपालिका ४ हातिवनका बासिन्दा बिनाेद पाण्डेका अनुसार दिनहुँ गरीने कार्य गर्न पनि कठिनाई भएको बताउँनुहुन्छ । “केहिदिन यता गर्मि अत्यधिक बढेको छ, बाहिर निस्कन गाह्रै छ”, पाण्डेले भन्नुभयाे ।
सरावल स्वास्थ्य चाैकी अहेब सरिता बि.क भन्नू हुन्छ अत्यधिक घामले दैनिक क्रियाकलापमा गर्न कठिनाई भएको छ । फिल्डमा जादा पानिकाे ब्यवस्था नहुदा समस्या भाछ। बच्चाकाे ताैल निन अाउने सेवाग्राहीकाे कमि भएको छ। अत्यधिक गर्मिकाे कारण भेक्सिन तथा अाैषधिहरु गर्मिकाे कारण बचाउन गार्हो भाछ।
त्यस्तै नवलपरासीको सुनवल नगरपालिकाकी किसान सीता बि.कले भन्नुहुन्छ गर्मिले गर्दा दैनिक क्रियाकलापमा समस्या आएको छ । “किसानहरुलाई बिहान दिउँसो बेलुका नभनी घाँस दाउरा गर्नुपर्छ, गर्मि साह्रै छ, गाह्रो छ” ।
सरावल गाउँपालिका स्वास्थ्यशाखा संयाेजक अाेम नरायण देवकाेटा भन्नू हुन्छ अत्यधिक गर्मि भएको कारणले सबैलाई असर पारेकाे छ । खासगरी केटाकेटी र बृद्धबृद्धाहरुलाई बढि असर गर्ने हुदा दिउसाेकाे समयमा घाममा नहिन्न र अतिअावश्यक कामले हिन्न परेमा छाता प्रयाेग गर्ने , लाम बाहुले लुगा लगाउने प्रशस्त झाेल पदार्थ खाने।
चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ ।
नवलपरासी , रुपन्देही लगाएतका तराईका जिल्लाहरुमा गर्मी बढे संगै मानिसहरुको दैनिक जिवनयापनमा प्रभाव पारेको छ । वायुमण्डलीय तापक्रम बढी रहँदा ३८.८ देखी ४२/४३ डिग्री सेल्सियस सम्म तापक्रम हुने गरेको छ ।
गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ ।