परासी, २९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले पश्चिम नवलपरासीस्थित नापी कार्यालय परासीका एक सर्भेक्षकलाई घुसहित नियन्त्रणमा लिएको छ ।
बीस हजार घुस रकम सहित आज नापी सर्भेक्षक छत्र बहादुर ठकुल्लालाई नियन्त्रणमा लिईएको अख्तियार बुटवल कार्यालयले जनाएको छ ।
बर्दघाट नगरपालिका–१६ का एक जना सेवाग्राहीसँग जग्गाको क्षेत्रफल सुधार गरिदिने भन्दै उनले बीस हजार घुस मागेका थिए ।अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार उनलाई घुसरकम लिदैँ गर्दा पक्राउ गरिएको हो । #रासस