परासी,१० बैशाख ।जिल्लाको सुुनवल नगरपालिकाले नगर भित्रका दुई वटा सामुदायिक विद्यालयलाई बस उपलब्ध गराएको छ । टाढा टाढाका विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढन आउन सहज हुुने उदेश्यले सो बस उपलब्ध गराएको नगरपालिकाले जनाएको हो ।
नगरपालिका अनुसार जगनार्थ मावि भुमही र भगवती माावि बनकट्टीलाई बस उपलब्ध गराइएको हो । विद्यालयलाई अनुदान स्वरुप नगरपालिकाले बसमा लाग्ने पुरै रकम उपलब्ध गराए पछि विद्यालयहरुले आफै त्यो बस खरिद गरेको नगरप्रमुख भिम बहादुर थापाले जनाए ।
करिब २५ लाखका दरले अनुदान उपलब्ध गराउने गरि बस खरिदका लागि पेश्कि रकम विद्यालयहरुले लगेर आफै खरिद गरेका छन् । सबै कागजात पुरा गरि पेश गरे पछि नगरपालिकाले पेश्कि फर्छौट गरि पुरै भुतmानी दिईने छ । यस अगाडी नै सुनवल नगरक्षेत्र भित्र विद्यालयहरुलाई ब्यवस्थित गर्नका लागि नगरप्रमुख थापाले बस खरिद गरि दिईने प्रतिवद्धता जनाएका थिए ।
केही विद्यालयमा रहेको दरबन्दि मिलान गर्ने र आवश्यक परे विद्यालाय मर्ज समेत गर्ने तयारीमा नगरपालिका रहेको छ । जुन विद्यालयमा विद्यार्थी संख्या बढि हुने त्यहा शिक्षक थप्ने,विद्यार्थीलाई टाढा भए बस चलाएर पनि विद्यालयमा पुर्याउने लक्ष्य नगरप्रमुख थापाले लिएका थिए ।
पहिलो चरणमा नगरका दुई विद्यालयलाई स्कुल बस उपलब्ध गराईयो, उनले भने, बाकी विद्यालयलाई क्रमशः ब्यस्थित गर्दै लगिने छ । नगरपालिकालाई संविधानले नै शिक्षा स्वास्थ्यको अधिकार प्रदान गरेको हुदा भौतिक पुर्वाधारसंगै शिक्षा स्वास्थ्यर रोजगार नगरपालिकाको प्राथमिकतामा रहेको नगरप्रमुख थापाको भनाई थियो ।
शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनका लागि पुर्वाधार पुर्याउने नगरपालिकाले जिम्मा लिईने छ, उनले थपे, गुणस्तर सुधार्ने जिम्मेवारी अब शिक्षा शाखा र शिक्षकहरुको रहेको छ । सस्तो सुलभ र गुणस्तरिय शिक्षा कसरी नगरबासीलाई दिन सकिन्छ,योजना बनाउने जिम्मेवारी शिक्षा शाखा र नगरभित्रका विद्यालयहरुको हो । उनीहरुले योजना बनाएर नगरपालिकामा पेश गर्नु पर्छ । स्रोत खोज्ने कार्य नगरपालिकाले गर्छ । शिक्षा नै सभ्यताको मुल आधार हो ।
त्यसका कारण शिक्षा क्षेत्रमा सुधार ल्याउने नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको थापाले दाबी गरे । विद्यालयमा प्रविधि जोडेर शिक्षण सिकाईमा सुचना प्रविधिका कार्यक्रम समेत सञ्चालन भई रहेको उनको भनाई थियो ।
उनले यसै बर्ष देखी स्वास्थ्य क्षेत्रमा पनि नगरपालिकाले आफ्नै लगानीमा प्रसुती केन्द्र सचालनमा ल्यायो,त्यसले ८० प्रतिसत गर्भवती महिलालाई सेवा प्रदान गरि सुरक्षित प्रसुती सेवा प्रदान गर्दै आएको छ । बाकीलाई पनि अगामी दिनमा प्रसुती केन्द्र तर्फ आकर्षित गरि सतप्रतिसत पुर्याउने लक्ष्य रहेको छ । नगरपालिका भित्र अस्पतल छैन्,तर भएको स्वास्थ्य चाकी र प्रसुती केन्द्रलाई ब्यवस्थित गर्दै स्वास्थ्य केन्द्रलाई दोश्रो प्राथमिकतामा राखेर नै काम भई रहेको थापाले जनाए ।
तेश्रो प्राथमिकतामा रोजगारीलाई नगरपालिकाले लक्षित गरेको छ, त्यही अनुसार प्रत्येक वार्डमा महिला उद्यामीहरुलाई आवश्यकतामा आधारित तालिम प्रदान गर्ने,त्यसलाई दिगो बनाउनका लागि एड्वान्स तालिम पनि दिईने कार्य भई रहेको छ । गाँउमै उत्पादन गर्ने खालका र विदेशमा गएर पनि सहजै रोजगारी पाउने गरि शिपमुलक तालिम दिईने कार्य भई रहेको उनले बताए ।
महिलालाई सिलाईकटाई,कढाई,बुनाई,कृषिमा आधारित उद्यम तथा पुरुषहरुलाई पनि कम्प्युटर तालिम लगायतका शिपमुलक तालिम प्रदान गरिएको छ । स्वदेशमै रोजगारी गर्न चाहनेलाई बंैक तथा वित्तिय संस्थासंग समन्वय गराई सहुलिय ब्याजदरको ऋणका लागि पहल समेत नगरपालिकाले नै गर्दै आएको सुनाए ।