परासी, ११ बैशाख । नवलपरासीको पाल्हीनन्दन गाउपालिकामा भैरहेको पुर्वाधार बिकास कार्यमा व्यापक भ्रष्टाचार बढेको आरोप लागेको छ। गाउपालिकाको विभिन्न वडामा भैरहेको वडा तथा गाउपालिका स्तरीय पुर्वाधार निर्माण कार्यमा कमसल निर्माण सामाग्री मिसाइ व्यापक भ्रष्टाचार भैरहेको स्थानीय जनताले आरोप लगाएका हुन।त्यति मात्र होइन सासद्को स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रममा पनि उपभोक्ता तथा ठेकेदारहरु गुणस्तरहिन काॠ गरि लाखै रकम अनियमितता गरि रहेको स्थानीयको आरोप छ जस मध्ये गाउपालीकाको वडा १ को शन्करपुर गाउमा भैरहेको आर्सीसी ढलान कार्य जल्दो बल्दो उदाहरण रहेको स्थानीय नेता चुलाइ प्रसाद यादबले आरोप लगाए।
उनले भने, धनेवा खोला देखी शंकरपुर गाँउको सडकमा आरसिसी गर्ने कार्यमा अनियमितता गर्दै कमसल समाग्रि प्रयोग गरेर भ्रष्टाचार भैरहेको छ। सडकमा बाहिरबाट माटो पुर्नुको साटो सडक वरिपरि करिब डेढ मिटर गहिरो खाल्टो खनी माटो झिकिएको छ । सडकमा बेस(ग्राभेल)को सट्टा बालुवा र भष्कट मात्र हाल्ने कार्य भई रहेको देखाउदै यादवले नेपालमा चर्चा पाएको ‘लुट कान्छा लुट,नेपाल मै छ छुट’ गित पाल्हीनन्दन गाउपालिकामा पनि चरितार्थ भएको ‘लुट कान्छा लुट, पाल्हीनन्दन मै छ छुट’ भनेर सुनाए ।
यता शन्करपुर आरसी-सी ढलान उपभोक्ता समीतीले एक स्थानीय ठेकेदार मार्फत गुणस्तरहीन कार्य गरि लाखौं रुपै अनियमितता गरि रहेको कार्यको नत्र गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, उपाध्यक्ष पाबित्रा कोहार प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले अनुगमन गरेका छन नत्र वडा अध्यक्ष लल्लन यादबले नै अनुगमन गरेको स्थानीय चुलाइ यादबले जानकारी दिए। ५० लाखको बजेटमा ५०० मिटर बाटो निर्माण भैरहेको उक्त साइट्मा गाउपालिकका इन्जिनियर शन्कर कुर्मी पनि देखा नपर्ने र योजनाको लागत समेतको बोर्ड पनि न झुन्डाइकन मिलोमतो लाखौं रुपैया अनियिमतता गर्न खोजेको यादबले आरोप लगाए।
यो योजना सान्सद एव पुर्ब गृहराज्य मन्त्री देबेन्द्रराज कंडेलले स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रमका लागि पाएको ४ करोड बजेट मधेको ५० लाखको यो योजना हो। यो कार्यक्रम सम्झौता, भुक्तानी र अनुगमन गर्ने जिमा पाल्हीनन्दन गाउपालीकाको नै रहेको छ। यस्तो व्यापक गुणस्तरहिन कार्य भैरहेको बिरोध गर्दै स्थानीयले काम रोकाए पनि नत्र जनप्रतिनिधि नै अनुगमन गर्न पुगे नत्र इन्जिनियर सहित कर्मचारी नै पुगे।
गाउपालीकाका इन्जिनियर बाटोको काम हेर्न आउन बोलाउदा पनि नआउने र यता ठेकेदारले मनोमानी गर्ने निरिह जनताले के गर्न सक्लान ? उनले प्रश्न गर्दै भने, जहाँका नेतृत्व नै भ्रष्टाचारलाई प्रोत्साहन गर्छ,त्यसले शुसासन के ल्याउन सक्ला ? उपभोतmा समितिका अन्य सदस्यले आफुले काम रोकेको बताए पनि सडकमा धमाधम ग्राभेलको सट्टा भष्कट खसाल्ने कार्य भई रहेको आरोप लगाए।
एक करोडसम्मको आयोजनामा मेसिन प्रयोग नगरि श्रमिकको प्रयोग गरि रोजगारी सृजना गर्ने कुरा नेपाल सरकारले नीति ल्याए पनि यो ५० लाखको योजनामा सरकारी नीति बिपरित मेसिन नै प्रयोग गरिएको यादवले देखाए । माटो पुरै जेसिबी लगाएर सडकको दुबै छेउमा गहिरो खाल्टो बनाइ माटोको प्रयोग गरिएको छ ।
गाउ नजिकै रहेको पोखरी समेत सडक बनाउदा विगारिदिएको स्थानियले देखाएका थिए । आयोजनाबारे कुनै साईनबोर्ड समेत राखिएको छैन् ।आयोजनामा भएको भ्रष्टाचारबारे प्रतिकृया लिन खोज्दा आफु ब्यतm रहेको गाउपालिकाका इन्जिनियर शंकर कुर्मीले बताए । यसबारे पछि मात्र कुरा गर्छु भन्दै फोन सम्पर्क काटेका थिए ।