परासी, ९ बैशाख । पश्चिम नवलपरासीको सिमा क्षेत्रमा विभिन्न सर–सामानको तस्करी बढदै गएको छ । स्थानिय तस्करहरु विभिन्न सर–सामानहरुको तस्करी गर्ने गरेको पाइएकोे छ । जिल्लाको मुख्य नाका महेसपुरमा प्रहरीको बाक्लो उपस्थित र महेसपुर मुल भन्सार भएकाले तस्करहरु विष्णुपुरा, भुजहवाँ, बसैया, झुल्नीपुर, हर्कपुरा, पक्लिहवाँ र रगरगंजको सानो नाका प्रयोग गरि विभिन्न सर–समानहरुको चोरी तस्करी गर्ने गरेका प्रतापपुर गाउँपालिका निवासी धिरज त्रिपाठीले आरोप लगाए ।
उनले भने, तस्करहरु भारतबाट कपडालत्ता, ईलेक्ट्रिक, हार्डवेयरका सरसामान र खाद्यान्न तथा कस्मेटिकका सर–सामानहरुको तस्करी गर्ने गरेका छन् भने नेपालबाट मटर, मरिच र कबाड र मसलाका सर–सामानहरुको भारतमा तस्करी गरि करोडांै रुपैया राजस्व छल्ने गरेको त्रिपाठीको आरोप छ । त्यस्तै तस्करहरू नारायणी नदी (गंडक नदी)मा अवैध उत्खनन गरि गिट्टीबालुवा र ढुंगाहरूकाे तस्करी पनि गर्ने गरेका छन् ।
तस्करहरु रातीको समयमा तस्करीका सामान मोटरसाईकल तथा साईकलमा लोड गरि राजमार्ग क्षेत्रमा पुर्याउने र त्यहा भण्डारण गरि बिल काटेर बुटवल, नारायणघाट, पोखरासम्म पु¥याउने गरेका छन । यता मटर र मरिचका कारोबारीहरु सिमा क्षेत्रमा खोलिएको फर्मसम्म माल ल्याउने र अवसर छोप्दै साईकल मोटरसाईकलमा सिमापारी पठाउने गरेको महेसपुरका स्थानिय बताउछन् ।
स्थानियबासी अनुसार ‘‘सिमा क्षेत्रमा कुनै पनि ठुलो बजार छैन र यहाँ एक पिकप माल खपत हुन महिनांै दिन लाग्न सक्छ तर दिनहुँ पिकपका पिकप आउने मटर तथा मरिच एवं मसलाका सर–सामानहरु कहाँ गई रहेको छ ? प्रहरी प्रशासनले खोज्ने विषय रहेको” स्थानियले जिकिर गरे । यतिबेला तस्करहरु सानो नाका भुजहवाँ, विष्णुपुरा (बरगदवा) लाई बढि प्रयोग गरेका छन् । प्रहरीका घुमुवाहरु आफनो उद्देश्य विपरित अवैध काम गराईरहेका छन् तर सम्बन्धित निकाय भने मौन बसिरहेको छ स्थानियले भने ।
यता महेसपुर भन्सार कार्यालयले पनि प्रहरीकै सेटिङ्गमा चोरी तस्करी हुने गरेको निष्कर्ष निकालेको नामनलेख्ने शर्तमा भन्सारका एक कर्मचारीले बताए । उनले भने, प्रहरीले चाह्यो भने एउटा सियो पनि छिर्दैन तर हामीले चोरी तस्करी नियन्त्रण गर्न चाहेपनि प्रहरीको साथ नपाईरहेको आरोप लगाए । गोप्य सुचनाको आधारमा तस्कर र सामान छोप्न हामी यहाँबाट हिँडदा तस्करले थाहा पाईसकेको हुन्छ उनले भने, हामी रातदिन फिल्डमा दौडाहा लगाएपनि केहि भेटाउन्नांै किनभने उनीहरुलाई हामी हिडेको थाहा भईसक्छ उनले जिकर गरे ।
जिल्लामा महेशपुर नाकालाई सरकारले मुल नाकामा स्तरोन्नती गरेपछि भन्सारको सक्रियता बढे पनि प्रहरीबाट भरपुर सहयोग नपाईरहेको भन्सारले जनाएको छ । जिल्ला खुल्ला सिमाका कारण तस्करी हुने गरेको सबै सम्बन्धित निकायको निष्कर्ष छ ।
यता प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सिमा क्षेत्रमा भैरहेको चोरी तस्करी नियन्त्रण गर्न विशेष रणनिति अपनाएर अगाडी बढिरहेको बताएका छन् । प्रजिअ लामिछानेले भने, यदि कसैले तस्करी भैरहेको देख्यो भने तुरुन्त प्रशासनमा खबर गर्ने समेत आग्रह गरे ।
प्रजिअ लामिछानेले नेपालबाट भारत र भारतबाट नेपाल भैरहेको चोरी तस्करी नियन्त्रणका लागि प्रहरीको कडा निगरानी बढाइएको छ भन्दै बरामद सामान जफत गर्ने र पक्राउ पर्ने कारोबारीलाई कार्वाही समेत गर्ने चेतावनी दिए । त्यसैगरि प्रहरी प्रमुखहरुले भन्छन चोरी तस्करी नियन्त्रण गर्न प्रहरी लागी परेको र सिमा कडा निगरानी बढाएको बताए ।