सर्वोत्तम सिमेन्टद्धारा सामुदायिक बनको जग्गा अतिक्रमण

0
583

परासी, ९ बैशाख । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा संचालित सर्वाेत्तम सिमेन्टले बनको जग्गा अतिक्रमण गरेको आरोप लगाइएको छ । श्री भगवती सामुदायिक बन उपभोक्त समुहको ७ विगाहा ९ कट्टा जग्गा बढिमा ३० बर्षका लागि प्रयोग गर्न दिएकोमा उद्योगले अहिलेसम्म सो जग्गा बापत अर्काे जग्गा सट्टाभर्ना नगरेको उपभोक्ता समुहले आरोप लगाएको छ । त्यस्तै बनको करिब १ विगाहा जग्गा अतिक्रमण पनि गरेको बन उपभोक्ता समुहका अध्यक्ष राजेश यादवले आरोप लगाए ।

सिमेन्ट उद्योगले बनको जग्गा अतिक्रमण गरेको जनगुनासो बढेपछि राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय लगायतको टोली स्थलमा पुगेर सिमेन्ट उद्योग तथा अतिक्रमित जग्गाको अनुगमन समेत गरेका हुन । सिमेन्टको प्रदुषणले स–साना बोट विरुवाहरु मर्ने र बन अतिक्रमणले माउ रुखहरु समेत नष्ट हुने समितिको भनाई छ ।

२०७३ चैत २५ गते सर्वाेत्तम सिमेन्ट प्रा.लि र नेपाल सरकार बन तथा भु–संरक्षण मन्त्रालयको बन विभाग संग ७ विगाहा ९ कट्टा जग्गा उद्योगलाई प्रयोग गर्न दिने सम्झौता भएको थियो तर अहिलेसम्म उद्योगले उक्त सामुदायिक बनलाई सट्टाभर्ना ७ विगाहा ९ कट्टा जग्गा उपलब्ध नगराएको र थप बन अतिक्रमण गरिरहेको बन समुहले आरोप लगाएको छ । यता उद्योगले जग्गा सट्टाभर्ना कार्य प्रक्रियामा रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here