परासी, ९ बैशाख । जन्मको आधारमा बाबुले २०६३ सालमा नागरिकता प्रमाण पत्र पाएको भए पनि बर्षाै देखी नागरिकता विहिनताको दिन विताउदै आएका पाल्हीनन्दन गाउपालिका २ भक्सिपुरका सुनिल विश्वकर्मा बुधवार बंशजको आधारमा नागरिकता प्रमाणपत्र पाए पछि खुशीको ठेगान रहेन् । विज्ञान संकायमा स्नातक तहमा अध्ययनरत विश्वकर्मा नागरिकता नभएकै कारण धेरै अवसरबाट बन्चित भएको सुनाए ।
अब नागरिकता पाईयो,उनले उत्साही हुदै भने, नागरिकता विहिनताको अवस्था रहेन्,शैक्षिक योग्यता भए पनि नागरिकता विहिनताका कारण त्यो शैक्षिक योग्यताको केही काम थिएन् । तर पनि कुनै दिन त नागरिकता प्रमाणपत्र पाइएला भन्दै शिक्षालाई निरन्तरता दियौं । आखिरमा अरु केही काम गरौ भन्ने विकल्प पनि त थिएन्,उनले थपे, तर अहिले शैक्षिक योग्यतार नागरिकता दुबै भयो, अब केही भविष्यका योजना बनाउन सक्छु,केही काम गर्न सक्छु , सरकारी सेवामा भाग लिन पाउछु, आफ्नै उद्योग धन्दा ब्यवसाय गर्न पनि बाटो खुलेकोमा उनले खुशी ब्यतm गरे ।
यति दिनको प्रतिक्षा पछि नागरिकता हातमा पर्यो, यो खुशी कसरी ब्यतm गरु उनले भने, नागरिकता नभएर नेपालमा केही काम छैन्,सिवाय घरमा घरेलु ज्याला मजदुरी बाहेक । तर अब नागरिकता पाइयो सबै मार्ग खुल्यो । अहिलेको सरकारलाई उनले धन्यबाद पनि ब्यतm गरे । सरकारले जन्मका आधारमा नागरिकता लिएका सन्ततीलाई बंशजको नागरिक दिईने गरि भएको परिपत्रले शुरुमा खुशी बनायो,कागजपत्र सहित नागरिकता प्रमणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दियौं,तर नागरिकता प्रमाणपत्र हात नपर्दै फेरी सर्वोच्च अदालतमा परेका रिटका कारण सर्वोच्च अदालतबाट परमादेश जारी भयो, केही दिन नागरिकता नपाइएला भनेर मनमा निरासा पनि छायो,अहिले सर्वोच्चले समेत नागरिकता दिइने बाटो खोलि दिए पछि नागरिकता प्रमणपत्र आज हाथ परेको छ ।
विश्वकर्मा मात्रै नभई बुधवार नै नागरिकता प्रमणपत्र पाएका रामग्राम ४ बैरिहवाका आकाश यादवको अनुहारमा उस्तै चमक थियो । विज्ञान संकायको स्नातक तहमा अध्ययनरत यादवले पनि पढाइको क्रमा धेरै छात्रवृद्धि सुविधा लगायतका सुविधान नागरिकता नभएरै छाड्न परेको सुनाए । अहिले धेरै प्रतिक्षा पछि नागरिकता पाइएको छ, उनले भने खुशी लागेको छ । अब नागरिकता विहिनताको अन्त भएको छ, अगामी भविष्य बनाउन सहज भएको उनले सुनाए । यादवकै गाँउका प्लस टुमा अध्यनरत सुरज यादवले पनि बुधवार नागरिकता पाएर खुशी साटासट गर्दै थिए ।
बर्षाैको प्रतिक्षा पछि नागरिकता प्रमणपत्र पाएको छु,उनले भने, नागरिकता नभएर नेपालमा कुनै जागिर नपाईने, उद्योग ब्यवसाय पनि नपाईने गाउकै आफ्ना साथीहरु राहदानी बनाएर रोजगारीका लागि विदेश समेत गएको सम्झदै उनले भने, नागरिकता नभएर यो अवसरबाट पनि बन्चित थिए । तर अब आफ्नो अध्ययन र भविष्यको योजनालाई लक्ष्यसम्म पुर्याउन बाटो खुल्ला भएको बताए ।
यादवद्धय विश्वकर्मा मात्रै नभई बुधवार २० जना जन्मका आधारमा नागरिकता पाएका सन्ततीका युवा युवतीलाई बंशजको नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत ज्योतीराज अर्यालले बताए । पहिलो चरणमा नै जन्मका आधारमा नागरिकता पाएका सन्ततीलाई बंशजको नागरिकता दिईने परिपत्र अनुसार सबै गाउपालिका र वार्ड कार्यालय मार्फत गाँउ गाँउमा कागजपत्र,प्रमाणहरु पठाउन पत्राचार गरिएको थियो ।
केहीले निवेदन दिएका थिए,तर निवदेन उपर अध्ययन गर्दा गर्दै सर्बोच्चबाट आदेश भए अनुसर वितरण स्थगित गरिएको थियो,उनले भने, पछि सर्वोच्च अदालतले बाटो खुल्ला गरे पछि बुधवार देखी नागरिकता प्रमाणपत्र वितरण कार्य शुचारु गरिएको छ । यो अन्य नागरिकता जस्तै निरन्तर वितरण भई राख्ने उनले जनाकारी गराए ।