महेसपुर भन्सारले उठायाे ९ महिनामा १० करोड राजस्व

0
279


महेसपुर, ६ बैशाख । पश्चिम नवलपरासीको मुल नाका महेसपुर भन्सार कार्यालयको राजस्व करिब १० करोड रुपैया उठेको छ । कार्यालयले ९ महिनामा कुल ९ करोड ६७ लाख रुपैया राजस्व उठाएको छ । कार्यालयले विभिन्न सर–समानको निकासी पैठारीबाट चैत महिनामा १ करोड ४८ लाख रुपैया राजस्व उठाएको छ भने फागुन महिनामा १ करोड ५० लाख रावस्व उठेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयको लक्ष्य बार्षिक १५ करोड रुपैया राजस्व उठने रहेकोे छ ।

भैरवहवाँ भन्सार कार्यालयको मातहतमा संचालित महेसपुर छोटी भन्सार कार्यालय आर्थिक बर्ष २०७५÷०७६ को श्रावण महिनादेखि मुल भन्सारको रुपमा संचालनमा आएका छ । भन्सार छोटी हुँदा बार्षिक ६ देखि ८ करोड रुपैयासम्म मात्र राजस्व उठने गर्दथ्यो तर मुल भएपछि मासिक डेढ करोडको अनुपातमा राजस्व उठी रहेको भन्सारले जनाएको छ । ‘‘यस अनुपातमा उठने राजस्व पनि मुल नाकाको लागि खासै ठुलो रकम होइन” भन्सारका एक कर्मचारीले भने ।

भन्सार मुल भएदेखि यस नाकाबाट कोयला, भुस, लत्ताकपडा, गहुँ र खाद्यान्नका सर–सामानहरुको निकासी÷पैठारी हुने गरेको भन्सारले जनाएको छ । महेसपुर नाका मुल नाका घोष्णा भएपछि सिमापारी भारतको ठुठीबारी नाका भने अझै सानै नाका रहेकाले ठुला–ठुला मालबाहक सवारी साधनहरुको निकासी पैठारी हुन सकेको छैन । यता भन्सार मुल भएपनि उचित बाटो घाटो, भवन, क्वारेन्टाईन चेकपोष्ट, जस्ता आवश्यक पुर्वाधारहरुको विकास अझै हुन सेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here