परासी, ५ बैशाख । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गर्दै देशभरका पत्रकारहरु जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत साईबर क्राईम भन्दै पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै नेपाल पत्रकार महासंघले घोष्णा गरेको देशव्यपापी धर्ना कार्यक्रम अन्तर्गत देशभरि संगै नवलपरासीका पत्रकारहरुले पनि जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना बसेका हुन् ।
पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासीको बुद्धचोकदेखि निकालिएको विरोध ¥याली जिल्ला प्रशासन कार्यालय पुगेर विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न र पक्राउ परेको पत्रकार अर्जुन गिरीलाई रिहाईको माग गर्दै धर्ना बसिएको हो ।
‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग गर्दै महासंघका जिल्ला सभापति हरि शर्माको नेतृत्वमा धर्ना बसिएको हो । धर्नामा पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, पुर्व केन्द्रिय सदस्य बेचु गौड, पुर्व जिल्ला सभापति टिकाराम गैरे, केशव पराजुली लगायतका विभिन्न सञ्चार माध्यममा काम गर्ने क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
धर्ना कार्यक्रममा नेपाल सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन ल्याइएको ऐन संशोधन गर्न र विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजको माग गरिएको थियो ।
यता प्रहरी हिरासतमा रहेको पत्रकार अर्जुन गिरीलाई काठमाण्डौ जिल्ला अदालतको आदेशमा रिहा गरिएको छ । पत्रकार गिरी पोखराबाट प्रकाशन हुने ताण्डव साप्ताहिक र ताण्डवन्युज डटकममा ठगिको सामाचार लेखेको आधारमा प्रहरीले उनलाई हिरासतमा लिई साईबर अपराधको मुद्दा लगाइएको थियो ।