ललितानिवास प्रकरणः भूमाफिया र मालपोत कर्मचारी फरार

काठमाडौं, ३ बैशाख । बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

 

 

ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन् ।

सरकारले ५४ वर्षअघि मुआब्जा दिएर ललितानिवासको जग्गा अधिग्रहण गरेको थियो । राजनीतिक नेता, मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, मालपोतका कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतोमा ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हडपिएको हो । ब्युरो उच्च स्रोतका अनुसार ललितानिवासको सरकारी जग्गा हडप्नेमध्ये मुख्य योजनाकार डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीको परिवार नै फरार भएको छ ।

ललितानिवास हिनामिनाबारे छानबिन गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले ढकाल र सुवेदीलाई ‘भूमाफिया’ भनेर किटान गरेको छ ।

Related articles

लागु औषध सहित ३ जना पक्राउ

परासी, ४ असोज । जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी सनईबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका ६ पडरीबाट ति ३ जना युवालाई लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्राम नगरपालिका १६ बस्ने २२ बर्षिय अभिनास भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँ […]

चाँडपर्वमा अपराधन नियन्त्रण गर्न र शान्ती सुरक्षा कायम गर्न लुम्बीनी प्रदेश प्रहरीले बनायाे यस्ताे याेजना

प्रहरीले अाउदाे चाँडपर्वलाइ लक्षित गरि विभिन्न सुरक्षा निती अपनाएकाे छ । लुम्बीनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले प्रदेशभरि चाँडपर्वमा अपराध नियन्त्र र शान्ती सुरक्षा प्रदान गर्न विभिन्न रणनिती र याेजना बनाएकाे जनाएकाे छ ।