बेलाटारी, २७ चैत । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनी नवलपरासीदृारा आगलागी प्रकोप अन्तर्गत जन चेतना मुलुक कार्यक्रम सम्पन्न गरिएको छ । हावाहुरी बढी चल्ने मौसम भएको हुुनाले आज दिउसो प्रतापपुर गाऊपालिका वडा नं ६ (झुलनीपुर) मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठीपरसौनी र स्थानिय ब्यपारीहरुको संयुक्त आयोजनामा गुठी परसौनी (झुलनिपुर) बजारमा आगलागी प्रकोप अन्तर्गत आगलागी अन्यन्तै संवेदनशील प्रकोपको रूपमा लिइन्छ ।
सामान्यतमा मानिसको लापरबाहीले बढी मात्रामा आगलागीका घटनाहरू हाम्रो समाजमा घटेको पाइन्छ ।विभिन्न घरेलुु उधोगहरू जस्तै कपडा ,कगज,ईट्टा भट्टटाहरू तथा अन्य ठुला उधोगहरूमा पनि मानवीय कारणहरूबाट आगलागी हुन्छ भेने प्राकृतिक कारण चट्याङ (विजुली चम्किदा) पनि त्यसको असरबाट आगलागी हुने गर्द छ ।
तस्तै गरी जनचेतनामूलक कार्यक्रममा आगोको वर्गीकरण ,आगलागीको कारण ,असावधनि तथा लापरबाहीको कारण ,भवितव्यं तथा प्राविधिक त्रुटिका कारण ,पुर्व तयारी ,आगलागी भएमा के गर्ने ,आगो नियन्त्रणमा जादा ध्यान दिनुपर्ने कुराहरू,आगो निभाइ सके पछि गर्नु पर्ने कार्यहरू लगाएत विभिन्न जनचेतनामूलक गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक माधव पण्डितले जानकारी दिनु भयो ।
जनचेतनामूलक कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पण्डितले कुुनै पनि स्थानमा आगलागी ,बाढी ,डुबान ,सवारीसाधन दुर्घटना जस्ता विपत प्रकोप सम्बन्धि घटनाहरूको बारेमा जानकारी गराउनको लागि सशस्त्र प्रहरी बाल नेपाल वि.अो.पि गुठी परसौनीको टेलिफोन न: ९८५१२७२४६५ ,९८१२९६७८६७ वा सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि न: १११४ मा जानकारी गराउन हुन अनुरोध गरिन्छ भेन्न निरीक्षक पण्डितले भन्नुभएको हो ।