भु-माफियाकाे खेल : प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासको जग्गा नै व्यक्तिको नाममा

0
302

काठमाडौं, २६ चैत । प्रधानमन्त्री र प्रधानन्यायाधीश  निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रका २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको फेला परेको हो । समितिको प्रतिवेदनअनुसार बालुवाटार र वरपरको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको छ । समितिले कानूनबमोजिम अधिग्रहण गरी सरकारका नाममा आएको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गर्न भूमिका निर्वाह गर्ने तत्कालीन सचिव छविराज पन्तसहित १४ जनाको नामै किटेर कारबाही सिफारिस गरे पनि कार्यान्वयन नभएको समाचार बलराम बानियाँ र घनश्याम खड्काले कान्तिपुरमा लेखेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here