नयाँ व्यवस्थापनका साथ इभरग्रिन अस्पताल पुनःसञ्चालनमा

0
274

परासी,२६ चैत्र । जिल्लाको सदरमुकाम परासीमा केही महिना देखी बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित इभरग्रिन अस्पताल चैत्र २५ गते सोमवार देखी पुनः सञ्चालनमा आएको छ । नयाँ ब्यवस्थापनले जिम्मा लिदै सो अस्पताललाई अत्याधुनिक र सुविधायुक्त अस्पताल बनाउने लक्ष्यका साथ सञ्चालनमा ल्याएको हो ।

सोमवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै पुनः सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । पहिलो दिनमा ढाई सय भन्दा बढि विरामीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरि अस्पताललाई सञ्चालन गरिएको अस्पतालका सहायक प्रबन्धक बलिराम कोईरीले जनाए । उनका अनुसार नयाँ ब्यवस्थानमा अस्पतालका सञ्चालकहरु अधिकाँश चिकित्सक र स्वास्थ्यकर्मी रहेका छन् ।

अस्पतालमा डिजिटल प्रविधिलाई महत्व दिएर सञ्चालनमा ल्याएको कोइरीको भनाई छ । सरकारी स्तरको जिल्ला पृथ्वीचन्द अस्पतालमा पाइने सेवा सुविधा भन्दा बढि नै सेवा सुविधा प्रदान गरिने अस्पतालको लक्ष्य रहेको छ, उनले भने, केही महिना भित्रै अस्पतालमा एनआईसियु र आईसियु सेवा पनि सञ्चालनमा ल्याईने छ । अस्पताल सञ्चालनले सय भन्दा बढि स्वास्थ्यकर्मी,चिकित्सक र कर्मचारीले रोजगारी पाएका छन् ।

अस्पताल अवलोकन गर्न दिउँसो पुगेका जिसस प्रमुख तथा पृथ्वीचन्द अस्पतालका अध्यक्ष शिव शंकर रायले सदरमुकाममा निजी क्षेत्रबाट पुनः सञ्चालनमा आएको अस्पतालका चिकित्सकलाई शुभकामना दिएका थिए । राज्य पुनंसंरचनाले सुनसान बन्दै गएको जिल्ला सदरमुकाममा बन्द भएको यो अस्पताललाई पुनः सञ्चालनमा ल्याएर स्वास्थ्य क्षेत्रमा एउटा थप इटा थपिएको उनले बताएका थिए । जिससको तर्फबाट अस्पताललाई आवश्यक सहयोग समेत गरिने उनले प्रतिवद्धता दोहर्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here