परासी, २५ चैत । उद्योग बाणिज्य संघ सुनवल पश्चिम नवलपरासीले आज नगर भित्रका आधा दर्जन उद्योगहरु भ्रमण तथा अवलोकन गरेको छ । उद्योगीहरुको समस्या बुझन र संघको सदस्यता विस्तार गर्ने उद्देश्यले संघका कार्यसमिति नगरका विभिन्न ठुला–साना उद्योगहरु भ्रमण अवलोकन गरेको हो ।
संघका अध्यक्ष रमेश कर्माचार्यको नेतृत्वमा उद्योग भिजिट गर्न पुगेको टोलीले उद्योगहरुलाई आउदो नयाँ बर्षको शुभकामना प्रदान गर्दै उद्योग संचालन तथा कच्चा पदार्थ आयात र बजारीकरणको समस्या बुझदै सोको सामाधान गर्न विशेष पहल गर्ने संघले प्रतिबद्धता जनाएको छ ।
उद्योग भिजिटमा संघको कार्यसमिति अध्यक्ष रमेश कर्माचार्य, बरिष्ठ उपाध्यक्ष शंकर नेपाल, उद्योग तर्फ उपाध्यक्ष रामबहादुर क्षेत्री, सदस्य यज्ञ प्रसाद पौडेल, तुल्सीराम तिवारी, मुरली गौतम, चुणमणि गैरे, हर्क बहादुर गुरुङ्ग रहेको संघका अध्यक्ष कर्माचार्यले जानकारी दिए ।
उक्त टोलीले सुनवल नगरपालिकाको नगर भित्र रहेका लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट, बुटवल सिमेन्ट, हिमाली डिष्टिलरी, लायन डिष्टिलरी, सर्वाेत्तम सिमेन्ट र बोत्तल फेक्ट्रीको भ्रमण गरि उद्योका समस्या सामाधान गर्न जिल्ला देखि केन्द्रिय स्तरमा विशेष पहल गर्न संघ लागि पर्ने संघका बरिष्ठ उपाध्यक्ष शंकर नेपालले जानकारी दिए ।
देश संघियतामा गई सकेपछि स्थानिय तहहरु पनि स्थानिय सरकारको रुपमा संचालित छन् । सुनवल नगरपालिकामा अब बन्ने उद्योग सम्बन्धित नितिहरु, उद्योग मैत्री निति निर्माण गर्न तर्फ संघले विशेष पहल गर्ने संघका उपाध्यक्ष राम बहादुर क्षेत्रीले जानकारी दिए । ३ महिना अगाडी मात्र गठन भएको सुनवल उद्योग बाणिज्य संघले उद्योगहरु भिजिट कार्यक्रम मार्फत संघका पदाधिकारी तथा सदस्यहरुको उद्योग संग परिचय गराउदै संघका सदस्य बन्न उद्योगहरुलाई आग्रह समेत गरिएको संघका सदस्य यज्ञ प्रसाद पौडेलले जानकारी दिए ।
पछिल्लो समयदेखि सुनवलमा उद्योगहरु बढदै गएका छन् । उद्योग संचालनमा कच्चा पदार्थको आयात र बजारी करण मुख्य समस्या रहेको उद्योगहरुले जनाएका छन् । उद्योगहरु खुल्न थालेपछि स्थानिय युवायुवतीहरु रोजगार समेत पाउन थालेका छन् ।