नहर शटडाउनले पावर हाउसमा विद्युत उत्पादन बन्द : मासिक डेढ करोड घाटा

0
662

परासी, २४ चैत । गण्डक नहर शटडाउनले यतिबेला गण्डक जल विद्युत केन्द्र पश्चिम नवलपरासीमा विद्युत उत्पादन शुन्यमा झरेको छ । भारत सरकारले गण्डक नहर सरसफाई तथा मर्मत सम्भारका लागि बर्षको दुई पटक नियमित रुपमा करिब २ महिना नहरमा पानी बन्द गर्ने कारणले यतिबेला केन्द्रमा विद्युत उत्पाद शुन्यमा झरेको हो ।

त्रिवेणी ब्यारेजबाट नेपाली नहरमा छोडिने पानी भारत सरकारको कब्जामा छ । नहरको मर्मत तथा पानी व्यवस्थापन भारतको सम्बन्धित निकायले गत मार्च २६ गते गण्डक नहरमा पानी बन्द गरि नहरको मर्मत सम्भार गरिरहेको केन्द्रले जनाएको छ । यो नियमित नहर शटडाउन अन्तर्गत करिब २ महिना पानी बन्द गरिने छ ।

यसरी करिब २ महिना पावर हाउस बन्दले मासिक १ करोड ५१ लाख २० हजार रुपैया पावर हाउसलाई घाटा लागिरहेको केन्द्रले जनाएको छ । नेपाल भारत गण्डक सम्झौता पुनरावलोकन हुन नसकेकाले यसरी पावर हाउस विभिन्न कारणले घाटा व्यहोर्दै आएको छ ।

१५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको पावर हाउसमा ५÷५ मेगावाटको ३ वटा टरवाईन जडान गरिएको छ तर टरवाईन नम्बर १ र ३ विग्रेकाले हाल २ नम्बर टरवाईन मात्र संचालनमा छ जसबाट पानीको अभावले ३ मेगावाट मात्र विद्युत उत्पादन गर्न सकिएको पावर हाउसले जनाएको छ ।

३२ विगाहा क्षेत्रफलमा फैलिएको उक्त विद्युत केन्द्रका अधिकांश भवनहरु जिर्ण भईसकेको छन कतिपय उपकरणहरु पनि विग्रेर थन्कि रहेका छन् । टरवाइनहरु रिहैबिटेशन र विग्रेका उपकरणहरु मर्मत हुन नसकेकाले विद्युत उत्पादन घटदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here