एजेन्सी, २३ चैत । इरानका अधिकांश स्थानमा आएको भारी वर्षापछि हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । अहिलेसम्म ८६ हजारलाई स्थानान्तरण गरिएको र भारी वर्षाबाट प्रभावित अन्यलाई पनि सार्न लागिएको प्रशासनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
एक सातादेखि जारी भारी वर्षासँगै आएको बाढीमा परी ७० जनाको मृत्यु भइसकेको छ । इरानमा अझै केही दिन भारी वर्षा हुने पूर्वानुमान पछि महिला तथा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिएको छ ।
सुसानगर्ड र कुजेख्स्तान क्षेत्रबाट मात्रै ५० हजारलाई आजै उद्धार गरिने इरानको विपद व्यवस्थापन समितिले उल्लेख गरेको छ । इरानमा डुबानमा परेका ७० गाउँका स्थानीयलाई यसअघि नै उद्धार गरिएको छ । बाढीका कारण १ हजार ९ सय शहर तथा गाउँ प्रभावित भएका छन् । जसका कारण सडक, पुल भवनहरुमा समेत क्षति पुगेको छ ।