बेलाटारीमा वृहद सरसफाइ

0
642

परासी, २३ चैत । नवलपरासी पश्चिमकाे प्रतापपुर गाउपालिका वडा नं.- ९ बेलाटारी र सुस्ता गाउपालिको वडा नं.-२ फेनहरामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । सरसफाइ कार्यक्रममा सहभागी भएको प्रदेश सभा सदस्य अजय शाहीले धन्यबाद दिदै गाउ घरबाट शुरु भएको सफाइबाट देश नै सफा स्वच्छ हुने र स्वच्छ भए कुनै प्रकारको रोग नलाग्ने बताए ।

गाउघरलाई सफा, स्वच्छ र सुन्दर बनाउने उद्देश्यका साथ बृहत सरसफाइ कार्यक्रममा सहभागी भएका प्रतापपुर गाउपालिका वडा नं.-९ का वडाध्यक्ष हेमेन्द्र कुमार पंजियार(मनोज) ले बताए । हर प्रहर,गाउँ र नगर टोल टोलमा नेपाल प्रहरी नाराको साथ इलाक प्रहरी बेलाटारी नवलपरासी पश्चिमद्वारा समुदाय-प्रहरी साझेदारी सरसफाइ कार्यक्रममा प्रतापपुर र सुस्ताको वडामा रहेको बाजारमा बृहत सरसफाइ कार्यक्रम गरिएको इलाका प्रहरी बेलाटारीको प्रहरी सहायक निरिक्षक प्रकाश श्रीमल्लले बताउनु भएको छ ।

गाउ घरलाई सफा पार्ने र हरेक ब्यक्तिमा सरसफाइ बारे जनचेतना फैलाउने उदेश्यले सरसफाइ कार्यक्रम गरिएकाे श्रीमल्लले बताए । सरसफाइ कार्यक्रममा प्रदेश सभा सदस्य, जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय बेलाटारीको टोली र तथा स्थानिय जनताहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here