जनमत पार्टीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
267


परासी, २३ चैत । डा. सीके राउत नेतृत्व जनमत पार्टीको कोणसभा तथा अन्तरक्रिया कार्यक्रम नवलपरासीको बेलासपुरमा सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिका स्तरीय जनमत पार्टीका अध्यक्ष संजय गुप्ताको अध्यक्षता तथा पार्टीको केन्द्रिय सदस्य कैलाश महतोका प्रमुख अतिथ्यतामा सो अन्तरक्रिया कार्यक्रम बेलासपुर चोकमा सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा जनमत पार्टीको विचार र एजेण्डा प्रस्तुत गरिदै छलफल गरिएको थियो । कार्यक्रममा सहभागि जनमत पार्टीका कार्यक्रताहरु आगामी दिनमा कसरी अगाडी बढने विषयमा पनि छलफल गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एवं केन्द्रिय सदस्य कैलाश महतो, केन्द्रिय सदस्य धु्रव गौड, केन्द्रिय सदस्य प्रकाश पासवान, जिल्ला अध्यक्ष श्रीकृष्ण यादव, कार्यकर्ता विजयनाथ यादव, अनिल मिश्रा, दिपेन्द्र कुमार गुप्ता लगायतले जनमत पार्टीको विचार र धारणालाई प्रष्ट पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here