मदरसालाई पनि माध्यमिक तहसम्मको अनुमति दिन सरकारलाई आग्रह

0
294

परासी, २३ चैत । मुस्लिम समुदायको धार्मिक संस्था मदरसालाई पनि माध्यमिक तहसम्मको अनुमति दिन धर्मावलम्बीहरुले सरकारलाई आग्रह गरेका छन् । कक्षा पाँच सम्म मात्र अनुमति पाएका मदरसाहरुलाई कम्तिमा माध्यमिक तहसम्म कक्षा संचालन गर्न अनुमति पाउनु पर्ने धर्मावलम्बीहरुले सरकार संग माग राखेका हुन् ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार राती संचालित चौथो फैजाने अहले बैत कान्फ्रेन्स जल्सा (धार्मिक प्रवचन) कार्यक्रममा प्रमुख वक्ता हजरत अल्लामा मौलाना सुफी हबिबुर्रहमान साहबले यस्तो माग गरेका हुन् । जिल्लामा ४३ वटा मदरसाहरु संचालनमा छन् तर ति मदरसाहरुमा अध्ययनरत विद्यार्थीहरु कक्षा ५ पछिको उच्च शिक्षा हासिल गर्न छिमेकी राष्ट भारत जानु पर्ने बाध्यता रहेको छ । धार्मिक शिक्षा हासिल गर्न केहि सम्पन्न विद्यार्थी भारत जान्छन तर अधिकांश विद्यार्थीहरु गरिबीका कारण उर्दुको उच्च शिक्षाबाट बन्चित हुने गरेकाले सो व्यवस्था नेपालमै मिलाउनु पर्ने विशिष्ट वक्ता हजरत मौलाना अल्लामा मुफ्तिी अख्तर हुसैन साहबले यस कार्यक्रम मार्फत सरकारको ध्यानाकर्षण गराए छन् ।

यता उच्च शिक्षाबाट मुस्लिम विद्यार्थीहरु बन्चित त छदै छन् भारतमा अध्ययन सकेर नेपाल फर्किदा सो मार्कशिटको कुनै मुल्याङ्कन नहुने कारणले रोजगारीको अवसर समेतबाट बन्चित हुदै आएका छन् । कार्यक्रमका वक्ताहरुले भारतमा उच्च शिक्षा हासिल गरेका मौलानाहरुको मार्कशिटलाई पनि नेपाल सरकारले ईक्युभाईलेन्ट मार्फत मान्यता दिई मदरसाहरुमा मौलाना शिक्षकहरुको दरबन्दी समेत कायम गर्न मदरसाका अध्यक्ष एवं फैजाने अहले बैत संस्थाका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले जोडदार माग राखेका हुन् ।

सरकारले मुस्लिम समुदायको महान पर्व ईद–बकरईद, मोहम्मद जन्म ज्यन्ती र मोहर्रम पर्वलाई राष्ट्रिय कटौती गरेकाले ईस्लाम धर्मावलम्बीहरु आपत्ति प्रकट गर्दै यि विदाहरुलाई पनि राष्ट्रिय विदाको रुपमा घोष्णा गर्न सरकारलाई आग्रह गरेका हुन् । परासीमा संचालित मदरसा जामिया फैजाने अहले बैतले ईस्लाम धर्मको सन्देशलाई आमजनता माझ पु¥याउने र धर्मको चर्चा परिचर्चा गर्दै मुस्लिम समुदायमा धार्मिक चेतना जगाउने उद्देश्यले यस जलसा कार्यक्रमको शुक्रबार राती आयोजना गरिएकोे अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले जानकारी दिए ।

मदरसाका अध्यक्ष एवं फैजाने अहलेबैत संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाको अध्यक्षतामा भएको उक्त जलसा कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख वक्ताको रुपमा भारतको अग्या शरिफाबाट हजरत मौलाना अल्लामा हबिबुर्रहमान साहब, विशेष वक्ता आजमगढबाट मौलाना अल्लामा मुफ्ती अख्तर हुसैन साहब र सहायक वक्ता मौलाना सुफी सिद्दिक खान, मौलाना खालिद रजा खान, मौलाना सैयद हेदायतुल्लाह शम्शी, मौलाना सहाबुद्दिन चतुरवेदीले, अल्लाह र मोहम्मद रसुलल्लह सलल्लाहो अलैहे वसल्लम संग मोहब्बत गर्ने यस दुनियामा काम्याब रहने विश्वास व्यक्त गरे । वक्ताहरुले मुस्लिम समुदाय माथि अहले बैतको फैजान जारी रहने दोआ पनि गर्दै गलत कृयाक्लापबाट बच्ने र अल्लाह व रसुलको जिकिर गरि रहने आग्रह गरे ।

त्यस्तै जलसा कार्यक्रमलाई मौलाना उमर अलि नेजामी, मौलाना सेराज अंसारी, मौलाना मोहर्रम अलि नेजामी, मौलाना जाकिर हुसैन, मौलाना सैयद सद्दाम हुसैन, मुस्लिम समाजसेवी हाजि ईस्हाक मिँया, हाजी सैयद ईजहारा मिँया, हाजी अब्दुस्सत्तार मिँया, युवा नेता एवं समाजसेवी अमिरुल्लाह मिँया, कासिद अलि, ईजहार मिँया, बुद्धन अलि, हैदर अलि मोमिन लगायतले जलसामा प्राविधिक सहयोग गरे । जलसामा नेपाल भातर गरि करिब २ हजार श्रद्धालुहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here