परासी, २२ चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कुपोषित बाल बालिकाहरुकाे लागि पाेषण भत्ता बितरण कार्यक्रम सम्पन्न भएको छ। “सरावल गाउँपालिकाकाे सान,पुर्ण पाेषण युक्त गाउँ हाम्रो अभियान” मुल नाराकाे साथमा सरावल गाउँपालिकाकाे अायाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे। सरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायको अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम् गाउँपालिका प्रमुखप्रसासकिय अधिकृत झबिश्वर रेग्मीकाे बिशिस्ट अातिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।
सरावल गाउँपालिका प्रमुख चाैधरीले कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले देश समृद्ध हुन गर्भवती , सुत्केरी आमा र बच्चाको स्याहार गर्नुपर्नेमा जोड दिए । गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनको अवधिलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ। महिला गर्भावस्था भएदेखि बच्चा जन्मेको दुई वर्षसम्म कसरी स्वस्थ रहन सकिन्छ, गर्भवती र सुत्केरी भएका वेला कस्तो खानेकुरा खाने भन्ने कुराकाे बिशेष ख्याल पुर्याउन जरुरी रहेको छ।कुपाेषित बालबालिकाकाे पाेषण सुधार गर्नकाे लागि सरावल गाउँपालिका लागि परेकाे छ। खानामा गेडागुडी ,हरिया सागसब्जि ,माछा मासु ,फलफूलले यश अवस्थाले बच्चा र अामाकाे स्वास्थ्यमा ठुलाे भुमिका खेल्ने भएकोले खानपिनमा बिशेष ख्याल राख्न अाग्रह समेत गरेका थिए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष रायले महिला तथा २ वर्ष मुनिका बच्चाहरुलाई पोषण प्रदान गर्ने उद्देश्य रहेको कुपोषित बाल बालिकाहरुकाे लागि पाेषण भत्ता बितरण कार्यक्रमले बाल तथा मातृ कुपोषण न्यूनिकरण गर्नकाे लागि सहयोग गरिएको हाे । तसर्थ हजार दिनको संवेदनशील समयमा उचित पोषण र हेरचाह गर्दा बालबालिकाको शारीरिक तथा मानसिक क्षमतामा गहिरो प्रभाव पार्ने उल्लेख गर्नुभयो । पोषण बहुआयामिक विषय भएकाले यसका लागि पनि बहुक्षेत्रीय पहल गर्न आवश्यक पर्ने बताइन् । उनले भनिन्,‘‘यो अभियानले मातृशिशु तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने विश्वास लिएको छु ।’’
सो अवसरमा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मीले पोषण, खाद्य सुरक्षा तथा सुनौला हजार दिन कार्यक्रम मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन सरावल गा.पाले बहुक्षेत्रीय पोषण योजना सुरु गरेको छ । अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको छ ।
कुपोषित बाल बालिकाहरुकाे लागि पाेषण भत्ता प्रती ब्यक्ति ५ हजारकाे दरले सरावल गाउँपालिका अन्तर्गत २१ जनालाई अवस्था पहिचान गरि कुपोषण न्यूनिकरणका लागि अवस्था अनुसार रकम प्रदान गरिएको हाे।
राष्ट्रिय भिटामिन A कार्यक्रमकाे क्रममा बालबालिकाकाे पाखाकाे नाप लिने क्रममा गा.पा भित्र ३२४८ जना मध्ये २२४ जना मध्यम सिग्र कुपोषण ९ जना कडा सिग्र कुपोषण भेटिएको हाे।
कार्यक्रममा खाद्य सुरक्षा तथा निर्देश समिति संयाेजक छिमा राय ,वडा नं ४ वडा अध्यक्ष छाेटेलाल यादव,स्वास्थ्य सम्योजक तथा बहुक्षेत्रीय पोषण फोकल पर्सन ओम नारायण देवकोटा , स्वास्थ्य सहसम्योजक तथा सरसफाइ फोकल पर्सन बाबुराम तिमिल्सिना लगाएतले कुपोषित बाल बालिकाहरुकाे अामाहरुलाई खानपिनमा बिशेष ध्यान दिने कुरामा जाेड दिइएका थिए।