पश्चिमबाट आएको वायुले आज दिनभर काठमाडौं र पूर्वी भेगमा मौसम खराब हुने

0
270

काठमाडौं, २२ चैत । देशको पश्चिमी भेगबाट मध्य र पूर्वी भेगतिर अहिले आइरहेको वायुले गर्दा संघीय राजधानी काठमाडौं र पूर्वी भागमा आज दिनभरी मौसम खराब हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसमविद् मिनकुमार अर्यालले शुक्रबार बिहान बाह्रखरीलाई जानकारी दिएअनुसार पोखरा आसपास विकसित भएको प्रणाली हाल काठमाडौं नजिक आएका कारण नै मौसम खराब भएको हो । उनका अनुसार यो क्रम आज दिनभरी काठमाडौं र देशको पूर्वी भागमा जारी रहनेछ ।  यो प्रणाली पूर्वतिर सर्दै जाने उनको भनाई छ ।

पूर्वानुमान महाशाखाका अनुसार देशभरका धेरैजसो भू–भागहरुमा आज आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी  भू–भागका थोरै स्थानहरुमा पनि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । तराईका सिमाना र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको बताइएको छ ।

रातिपनि देशका विभिन्न भागमा वर्षा हुनुका साथै तराई क्षेत्रमा सामान्य हावाहुरीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।   भोलि शनिबार देशका अधिकांस भू–भागहरुमा सामान्यदेखि पूर्ण  बदली रहने र  देशका केही स्थानहरुमा मेघ गर्जनका साथ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

भोलिपनि बिहानको समयमा तराईका सिमानामा हल्का हावा हुरी चल्ने सम्भावना रहेको र उच्च हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम  हिमपातको  संभावना रहेको जनाइएको छ । आइतबार पनि देशैभरी सामान्य बदली रहने तथा पश्चिमी पहाडी भेगमा हल्का हावाहुरी चल्ने पूर्वानुमान महाशाखाले जनाएको छ । @बारहखरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here